२८ भाद्र २०८१, शुक्रबार

ऐतिहासिक र पर्यटकीय स्थल संरक्षण अभियानमा कृष्णनगरका संचारकर्मी


कृष्णनगर , असाेज २१ । ऐतिहासिक र पर्यटकीय सम्पदालाई संरक्षण अभियानलाई सफल बनाउन स्थानीय संचारकर्मीहरुले अजिगरा- कर्मा तालकाे अवलोकन गरेका छन ।
हिजो प्रेस क्लब अफ कृष्णनगरले दशैकाे अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम अजिगराकाे “शहिद किसान स्तम्भ” पार्कमा राखेकाे थियाे। ऐतिहासिक महत्वका सम्पदालाई संरक्षण तथा पर्यटकीय रुपमा बिकास गर्ने उद्देश्यले जनप्रतिनिधि र सराेकारवालाकाे ध्यानाकर्षणका लागि स्थानिय संचारकर्मीहरुले नै शुरुआत गर्नुपरेकाे क्लबका संयाेजक अंकुश श्रीवास्तवले बताउनुभयो । कपिलवस्तु जिल्लाकाे पश्चिममा पनि पर्यटन प्रवर्द्धनका लागि स्थानिय संचारमाध्यमले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जाेड दिद‌ै अजिगराकाे पर्यटकीय रुपमा बिकासका लागि स्थानीय तहले अावश्यक बजेट विनियोजन गर्नुपर्ने वरिष्ठ संचारकर्मी मनाेज कुमार अाेझाकाे भनाई थियाे । अजिगरा -कर्मा ताल र सहिद किसान स्तम्भ अवलाेकन कै क्रममा संचारकर्मीहरुकाे प्रश्नकाे जवाफ दिदै कृष्णनगर नगरपालिका वडा ७ का वडाध्यक्ष राजकिशाेर यादवले अगामी बर्षमा पर्यटकीय महत्वका यी दुई सम्पदाकाे लागि प्रचारप्रसार र संरक्षणमा अाफुले सक्दाे सहयोग गर्ने प्रतिवद्धता गरे । वडाध्यक्ष यादवका अनुसार अजिगरा सहिद स्तम्भ धनही प्रथा अनत्य गर्न किसानहरुकाे वलिदानीलाई जीवित राख्न बनाईएकाे ऐतिहासिक स्तम्भ हाे भने अजिगरा ताल नेपालका अन्य तालमा नपाईने जंगली धान(तिन्नी) काे प्रकृतिक उपज स्थलका साथै विभिन्न विदेशी चराहरुकाे प्रजन्न स्थलकाे रुपमा संरक्षणका लागि हामी तत्पर छाैं ।
कार्यक्रममा प्रेस क्लबका काैशल किशाेर यादव, निरहु यादव, मनिष कुमार गुप्ता, सत्येन्द्र मिश्र, देवानन्द ठाकुर , अजय मिश्र, कमलेश गुप्ता, प्रिंस मिश्र, रामप्रकाश चाैधरी,अनेक पाण्डे लगायतका संचारकर्मीहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट