असोज १८ गते –विजयनगर ।
ईलाका प्रहरी कार्यालय गणेशपुर कार्यालयको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत हर प्रहरी गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नाराका साथ विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता बढ्ने, भाईचाराको मेलमिलापको सम्बन्ध कायम हुने गरी पर्वहरु मनाउन र एक अर्कालाई सक्दो सहयोग गर्नेपर्ने कुरा बतउनु भयो । यो हाम्रो सबैको दायित्व भएकोले शान्तिपुर्वक मनाउने कुरामा जोड दिनु भयो । यसरी नै हाम्रो धर्म सँस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुने बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय गणेशपुर कार्यालयका प्रहरी निरिक्षक मधु नेपालको विशेष उपस्थितिमा शुभकामना आदान प्रदान भएको हो । प्रहरी निरिक्षक नेपालले ५७ ठाउँमा नव दुर्गा माताको मुर्ति स्थापना गरिएको बताउनु भयो । सवैलाई शुभकामना दिँदै यस महान पर्वहरुमा सबैले आ आफ्नो ठाउँबाट एक आपसमा हातेमालो गर्दै शान्तिपुर्वक हर्षोल्लासका साथ मान्न र मनाउनमा सहयोग गर्न अनुरोध गर्नु भयो ।
कही कतै उच्छृङ्खल खालका क्रियाकलाप र अपराधिक गतिविधि नघटोस् भन्दै कडा सुरक्षा निगरानी बढाएको नेपाल बताउनु भयो । यस्तै २१ गते साँझ नव दुर्गा माताको मुर्ति विसर्जन गरी सक्नुपर्ने आचार संहिता लागु गरेको जानकारी दिनु भयो । दुर्गा विसर्जन गर्न, परिक्रमा गराउँदा सम्प्रदायक दंग हुने प्रकारका गतिविधि नगर्न, अभद्र अश्लिल गीत नबजाउने समेत बताउनु भयो । अन्यथा त्यस्तो भएको पाइमा तत्काल कारवाही गर्ने बताउनु भयो ।
कार्यक्रममा जनज्योति आधारभुत विद्यालय शंकरपुरका हरि चन्द्र गुप्ता, नेकपा जिल्ला कमिटी सदस्य तथा विजयनगर गाउँ कमिटी अध्यक्ष कृष्ण भण्डारी, समाजवादी पार्टी जिल्ला उपाध्यक्ष राम निवास पुरी, दिगो युवा विकास क्लबका अध्यक्ष देवेन्द्र मणि त्रिपाठी, समाजसेवी डा. जहिरुल हसन खाँ,बालजी चौधरी, भुलन शाह, राजपा केन्द्रीय सदस्य राम प्रकाश चौधरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
3