राम गोरखामा पशु बिज्ञानकाे पढ़ाई सुरु

सेयर गर्नुहोस


कमलेश चन्द्र गुप्ता
बहादुरगंज /आसोज १६
कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगंजमा रहेको राम गोरखा मा.वि.मा भेटनरी जे.टि.ए (पशु विज्ञान) कार्यक्रम को पढाइ हुने भएको हो । बि.सं.२०७५ मा जी.टी.ए. तरफ १८ महीने बाली बिज्ञान कार्यक्रम सुरु भएको यस बर्ष जे.टी.ए तर्फ पशु बिज्ञान कार्यक्रम को पढ़ाई सुरु हुने भएको छ। यसै शैक्षिक सत्रबाट लागु हुने गरी जे.टि.ए तरफ पशु विज्ञान विषय पढाइ हुन थालेको विद्यालयका प्रधानाध्यापक प्रदिप सिंहले जानकारी दिनु भयो ।
सि.टि.इ.भि.टि.अन्तर्गत पढाइ हुने भेटनरी जे.टि.ए.(पशु विज्ञान) विषय १८ महिने रहेको उहाँले बताउनु भयो । यो विषय अध्ययन गर्नका लागि एस.एल.सी. उत्तीर्ण अर्थात एस.इ.इ.परीक्षामा कम्तीमा इ.ग्रेड प्राप्त गरेको हुनुपर्ने उहाँले बताउनु भयो । फ्रॉम बिजयदशमी पछि बितरण हुने कुरा वहाले बताए।
उक्त विषयमा एक शैक्षिक सत्रमा ४० वटा मात्र सिट रहेकोले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत प्रधानाध्यापक सिंहले अनुरोध गर्नुभयो ।फ्रॉम बिजयदशमी पछि बितरण हुने कुरा वहाले बताए ।वि.सं.१९९० मा स्थापित राम गोरखा मा.वि.जिल्लाकै दोस्रो पुरानो विद्यालय हो ।

Facebook Comments Box