नेपालगन्जमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि रामलीला सुरु

सेयर गर्नुहोस

नेपालगन्ज बाँके
१४ असोज
भीम नेपाली ,प्रयाग गुप्ता

नेपालगन्ज – विजयादशमीको घटस्थापनासँगै आइतबारबाट नेपालगन्जमा रामलीला सुरु गरिएको छ । प्रत्येक वर्ष झैं यसबर्ष पनि रामबाग स्थित रामलीला मैदानमा रामलीला मञ्चन सुरु गरिएको हो ।

रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गरिरहेका छन् ।

रामलिला १ सय ५२ औ श्रृखंला हो । जीवन्तकला अर्थात भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन रामलीला मञ्चन गर्नेछन ।प्रत्येक दिन रामलीला अवलोकनका लागि हजारौ सर्वसाधारण रामलीला मैदान पुग्ने गरेका छन्

Facebook Comments Box