२८ भाद्र २०८१, शुक्रबार

कृष्णनगर नपामा चौथो पशुको मृत्यु दाबी भुक्तान

नगरपालिकाले बिमामा ५०% अनुदान दिने ।

कृष्णणनगर ।


कृष्णनगर नगरपालिकामा आज NLG इन्स्योरेन्स कम्पनीले चौथो पशुको मृत्यु दाबी भुक्तानी दिएको छ। नगरपालिकाको वडा नम्बर ८ दयानगर बस्ने पशुधनी सत्यप्रकाश चौधरी ( पप्पु) लाई भैसीको मृत्यु पश्चात् NLG को भैरहवा शाखाले ६३ हजारको चेक हस्तान्तरण गरेको हो । कृष्णनगर नगरपालिकाको पशुसेवा शाखाबाट विशेष सेवा सुबिधा पाउन थालेपछि नगरपालिका भित्र जीवन गुजाराको लागि पशुपालन गर्दै आएका कृषकहरु अहिले ब्यवसयिक बन्दै गएका छन । बिगत दुई बर्ष देखि केही किसानले एन एल जी इन्स्योरेन्स कम्पनीबाट पशुको बिमा गर्न सुरु गरेका थिए । सुरुमा बिमा प्रति बिश्वास नगर्ने धेरै थिए ।केही महिना पछि गुर्चिहवा गाउँमा २ गाईको मृत्यु दाबी भएपछि केही मात्रामा बिमितहरुको बढेको थियो । अहिले नगरपालिकाले बिमा शुल्कमा ५०% अनुदान दिने निर्णय गरेकोछ । , पशु चिकित्सकहरुले किसानहरुलाई सचेत गराउने गरेको र आफू पनि किसानहरुको सहजीकरण तथा समयमा सेवा दिदै आएकोले किसानहरुले ढुक्क भएर धमाधम पशु बिमा गर्ने गरेकोले बिमा गर्न भ्याइनभ्याई भएको बिमा अभिकर्ता निरहु यादवले बताउँछन् ।स्थानीय , प्रदेश र केन्द्र सरकारले ब्यवसायिक पशुपालन गर्नेलाई प्रोत्साहन तथा दिगो बनाउनको लागि विभिन्न किसिमको सहयोग तथा अनुदान हुने गरेकोले पुरानै परम्परागत पशु पालकहरु अहिले ब्यवसायिक हुदै गएको पशु सेवा शाखा प्रमुख धनई प्रसाद यादवले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट