२७ मंसिर २०८१, बिहीबार

जलियावाला बाग झैं ‘अजिगरा काण्ड’

अँकुश श्रीवास्तव

नेपालमा पटक-पटककाे जनअान्दाेलनबाट राजसंस्था अस्ताएपनि मधेशका जनताले भाेगेका पिडाहरु अहिलेसम्म पनि जिवितै छन । नेपालका ईतिहासकारहरुकाे पानामा नअाटेका तराईका ईतिहासलाई बुझ्न खाेज्दा प्रत्येक राष्ट्रव्यापी ऐतिहासिक अान्दोलन तराई मधेशी काे संगलग्नता बिना समाप्त भएकाे देखिदैन । तराई मधेशमा तत्कालीन राजा महेन्द्रकाे दमन पनि निरङकुश शासनकाे उदाहरण नै हुन र त्यसता शासक विरुद्ध रगत बगाएर पनि अाफ्ना बालबच्चालाई देशकाे माया बाट उछिनेर जान नदिएका मधेशका वीरपुरुषहरु किसान नै हुन ।कपिलबस्तुमा रहेकाे अजिगरा गाउँ र वरपरका स्थानिय मधेशी , थारु र जनजाति समुदाय ले राजशाही तन्त्रकाे दमनका विरुद्ध अावाज उठाउन शुरु गरेका थिए । कपिलबस्तु जिल्लाकाे पश्चिममा पर्ने तत्कालीन पञ्चायत अजिगरामा राजा महेन्द्रकाे पालामा वासूल गरिदै अाईएकाे धनही विरुद्ध अजिगरा लगायत , महाराजगन्ज , पैकीबण्डा ,विरपुर, बुढ्ढी ,काेपवा,जहदी,भितरिया,विशुनपुरा,कर्मा, अाैरहवा, बुटहनिया,डेरवा, डगरमरवा,श्रीनगर, भिल्मी, गब्बापुर, बहादुरगंज ,कुशहवा लगायत सयाैं गाउंबाट किसानहरु एकत्रित भई नाराबाजी गर्दैगर्दा शाही सेनाले गाेली चलाएर सयौं घरपरिवारलाई शाेकमय गरेकाे प्रत्यक्षदर्शीहरु बताउँछन् ।
भारतमा अंग्रेज विरुद्धमा उत्रेका किसानहरु माथि जलियावाला बागमा गाेली काण्ड भए झैं “अजिगरा गाेली काण्ड “घट्ना भएकाे पिडित किसानहरु समझन्छन । अन्नकाे भण्डार रहेकाे तराईमा धान, गेहुं, मकै लगायतका अन्न र दलहन खेती हुदैं अाएकाे छ । असाहय, निमुख किसानहरु दिनभरि खेतमा काम गरि, पसिना बगाएर पनि बालबच्चालाई पाल्ने समास्या हुन्थ्यो । त्यसमाथि राजसत्ताका तत्कालीन प्रधानमन्त्री सुर्य बहादुर थापा नेतृत्वकाे सरकारले भुमि सुधार कार्यक्रम अन्तर्गत धनेही वसूली शुरु गरेपछि झन पीडा बढ्दै गएकाे थियाे । राजा महेन्द्रका शासनकालमा किसानमाथिकाे पटक पटक दमन हुँदै गरेकाे थियाे ।

धनेही वसूल गर्दा सम्पुर्ण उत्पादबाट प्रति विगहा डेढ मन पक्की ( ६० किलाे ) अन्न किसानबाट लिई धर्म बखारी(धर्म भण्डार गृह)मा जमा गरिन्थ्याे । साे अन्नकाे लागत बनाई पछि किसानलाई खेतीका लागि अावश्यक खर्च ब्याजमा सरकारले नै दिन्थ्याे । धनेही प्रथाले साना र गरिब किसानलाई जीवकाेपार्जन गर्ने गाह्राे हुँदै गएकाले पिडित किसानहरु बि.स. २०२६ काे चैत्र महिनामा किसान संघर्ष समिति बनाई अजिगरा गाउंकाे उत्तर खुला चाैरमा एकत्रित भई सभा गर्ने कार्यक्रम राखेका थिए । सभा शुरु भयाे त्यति बेलाका सहअंचलाधीश रतन बहादुर गुरुङ लुम्बिनी अंचलकाे कमाण्ड लिएका थिए ।चारैतिरबाट शुरु भएकाे किसान अान्दाेलनकाे सुगन्ध राजदरबार सम्म पुगिसकेकोले सहअंचलाधीश गुरुङ अप्रिय घटना हुन नदिन शाही सेना परिचालन गरेका थिए , जबकी अन्यदेशमा अान्दोलनमा प्रहरी खटाईन्छन तर निरंकुशताकाे नमुना बनिसकेकाे राजसंस्थालाई त्यसकाे के मतलब । अन्त:किसानकाे सभालाई विथाेल्न सेनाले बल प्रयाेग गर्याे असफल भएपछि अन्धाधुन्ध गाेली चलायाे । प्रत्यक्षदर्शीका अनुसार किसानहरु सभा छाेडि भागाभाग शुरु भयाे । गाेली लागि सहिद भएका केही किसानहरुकाे नाम कन्हैया कुर्मी, बांगुर काेहार,शिवचरण कहांर, अयाेध्या चाैधरी,सम्पति कुर्मी, ढुनमुन अहिर, दुन्ना अहिर, सुमिरन कहांर,बुद्धु पासी, गंगाराम तेली ,सुगाने कुर्मी र अचार्य तिवारीकाे नाम सहिद स्तम्भमा लिखिएकाे छ भने गाेली लागि घाईते भएका मधेशी , थारु, जनजाति किसानहरु काेही भारतकाे नाैगढ, बढनी , इटवा,बलरामपुर अाैषधि गराउन पुगे तर डर त्रासले नजिकै रहेकाे शिवराज अस्पताल गएन्न । गाेलीकाण्ड राजशाही तन्त्रले किसानसंग लिने धनही विरुद्धकाे अवाज दबाउनका लागि भएकाे थियाे तर ती बलिदान दिएका किसानहरु अावाज सम्पूर्ण तराईकाे अवाज बनेपछि राजसंस्था झुक्नुकाे विकल्प थिएन र अन्त: धनही प्रथा हटाईयाे । तत्कालीन सदभावना पार्टीका अध्यक्ष एवं मधेशी हकहितका लागि राजसंस्थाको विपक्षमा जिगुल फुंक्ने स्व:गजेन्द्रनारायण सिंहकाे उपस्थितिमा बिक्रम सम्बत २०४६मा अजिगराकाे सहिद किसानहरुकाे समझनामा “सहिद किसान स्तम्भ”काे स्थापना पुर्व प्रधान रामबरण यादवले गराका थिए । अंग्रेजी हुकमतले भारतमा गरेकाे जलिवाला बाग काण्ड झैं घटेकाे अजिगरा काण्डमा हालसम्म पनि ज्यान गवांएका ती किसानका परिवार र समाजले पाउन सम्मान लाेकतान्त्रिक गणतन्त्र भएकाे हाम्राे देशले दिन सकेकाे छैन । देशमा हुने जनअान्दाेलनमा मधेशका किसानहरुकाे याेगदान अतुलनीय छन तर मधेशकाे इतिहाससंग सराेकार राख्ने यस्ता बलिदानका घटना तथा साेसंग जुडेका तथ्यहरु नेपाली ईतिहासकारले कहिल्यै उजागर गर्न सकेन्न ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट