७ चैत्र २०७९, मंगलवार

जनवरीमा नेपाल आए ५५ हजार पर्यटक

काठमाडौं : सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन्। पर्यटक आगमन उत्साहवर्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए अफ सिजनमा पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिनु सकारात्मक भएको उनले बताए।

जनवरीमा भारतबाट १६ हजार ४३६ पर्यटक आएका छन्। अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बंगलादेशबाट दुई हजार ४६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ।

सन् २०२२ को जनवरीमा १६ हजार ४३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार ६७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा केही बढेको थियो। अघिल्लो वर्ष छ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार ९६२ पर्यटक नेपाल आएका थिए, जुन सन् २०२० को तुलनामा ३४.४ प्रतिशतले कम हो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट