१३ बैशाख २०८१, बिहीबार

चिनी मिल मालिकले किसानकाे ढाई करोड खाइसकेको खुलासा ।


कपिलवस्तु , असाेज ९ । जिल्लाका उखु किसानले पाउनुपर्ने सरकारी अनुदान रकम मिल मालिकले खाएकाे खुलासा भएकाे छ ।
अर्थ मन्त्रालयले स्थानान्तरण गरेकाे अार्थिक बर्ष २०७१/७२ को अनुदान रकम २५ रुपैया प्रति क्विन्टलका दरले कुल २ करोड ४८ लाख २३हजार रुपैया चिनि मिल मालिक विरेन्द्र कुमार कानाेडियाले किसानलाई रकम उपलब्ध नगराएकाे खुलासा भएकाे छ ।
जिल्लाका उखु किसान भुक्तानी नपाएकोले ५ बर्ष देखि चक्काजाम , अनशन , ज्ञापनपत्र लगायत विभिन्न किसिमको आन्दोलन गरि सरकारबाट माग गर्दै आएका रकम मिल मालिकले २०७१/७२ मा नै बुझिसकेको तथ्य बाहिर आएको कपिलवस्तु किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चाैधरीले जानकारी दिनुभएकाे छ । कृषि मन्त्रीले अाफ्नाे गृहजिल्लाकाे समस्या समाधान नसकेकाे र मिल मालिकले राजनितिक संरक्षणमा पटक पटककाे दबावमुलक अान्दाेलनले पनि भुक्तानी नदिएकाेले उखु किसानहरु पीडा काेही नबुझने रहेकाे अध्यक्ष चाैधरीकाे अाराेप छ।
अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई मिति २०७५/११/१ मा पठाएको पत्र संख्या १६३३ अनुसार अार्थिक बर्ष ०७१/७२ को रकम मुल्य अभिबृद्धी कर संगै समायोजन गरि श्रीमहालक्ष्मी सुगर्स मील जवाभारीलाई भुक्तानी दिएको छ ,साथै उखु किसानहरुलाई दिने रकम उक्त उद्योगबाट भुक्तानीको ब्यवस्था गर्नुहुन मिति २०७५/१०/२५ को मन्त्रीपरिषद को निर्णय अनुसार पत्रमा अनुरोध समेत गरिएको छ ।
मिल मालिक बिरेन्द्र कुमार कनोडिया पुर्ब राज्यमन्त्री तथा हाल काङ्ग्रेस पार्टीबाट निर्वाचित प्रदेश सभासद समेत हुन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट