१२ बैशाख २०८१, बुधबार

एलआईसी को ७४ औं शाखा चन्द्रौटामा

चन्द्रौटा,

लाइफ इन्स्योरेन्स कार्पोरेशन नेपाल ( LIC)को ६४ औं शाखा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा संचालन भएको छ । मंगलवार शाखाको उद्घाटन भए संगै एलआसीको शाखा विस्तार भएको हो ।
कम्पनीका सिओ लक्ष्मी प्रसाद दासले कार्यालयको रिबन काटेर शाखाको शुभारम्भ गर्दै नेपालमा एलआइसीको ६४ औं ब्रान्च संचालनमा आएको बताए । जीवन विमा कम्पनीहरुमा अलग्गै पहिचान बनाउन र सर्बाधिक बोनस सफल भएको एलआइसीले जनतामा प्रिमियर रिटर्नमा विश्वास कायम गरेको जनाए ।

आधुनिक सभ्यता सगै मानवको जीवन शैलिमा परिवर्तन आएको र परिर्वतन संगै मानिसको जीवनमा रिक्स रहेकोले एलआइसी जीवन विमाले मानिसलाई सुरक्षित अनुभव गराएको उनले बताए ।

२५ करोड लगानीमा सुरु भएको कम्पनी हाल ५ हजार करोडमा पुगेको सिओ दासले बताए । अभिकर्ताको मेहनतले सफता दिएको उनले जनाए । २५ प्रतिशतले मात्रै विमा गरेको अवस्थामा बजारमा जति धेरै विमा कम्पनीहरु भए पनि ब्राण्ड र जनताले विश्वास गर्ने एलआइसी नै भएकोले अझ धेरै मेहनत गर्न उनले आग्र्र्रह गरेकाछन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट