१३ बैशाख २०८१, बिहीबार

न्यूजिल्याण्डले भारतलाई हरायो

काठमाडौं : भारतविरुद्धको पहिलो टी–२० आईमा मा न्युजिल्यान्ड विजयी भएको छ। जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनायो।

राँचीमा भएको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल बनायो। उसका लागि डेभोन कनवे र डरेल मिचेलले अर्धशतकीय पारी खेले।

बलिङतर्फ वासिङटन सुन्दरले दुई विकेट लिए। कुलदिप यादव, सीभम माभी र अर्शदिपले एक–एक विकेट लिए। ​

जवाफि व्यािटङ गरेको भारतले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १ सय ५५ रन मात्रै बनायो। भारतका लागि सूर्यकुमार यादवले ४७ र वासिङटन सुन्दरले ५० रन बनाएपनि अन्य खेलाडीले साथ नदिँदा भारत पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो।

मिखायल ब्रेसवेल, मिचेल सान्टनर र लक्की फर्गुसनले दुई–दुई विकेट लिए। दोस्रो खेल भोलि लखनउमा हुनेछ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट