जनचेतना सामुदायिक माध्यमिक बिद्यालयमा बालक्लब गठन

सेयर गर्नुहोस


देवानन्द ठाकुर,कपिलबस्तु।
भाद्र ३१ ।कपिलबस्तुको सुदुरपश्चिममा अवस्थित शिवराज नगरपालिका बडा नं. ८ मा रहेको श्री जनचेतना सामुदायिक माध्यमिक बिद्यालयमा पुर्न: नया बाल क्लब गठन गरिएको छ। १३ सदस्यीय बाल क्लब गठन गरी बिद्यालयका खेल सामग्री जिम्मा लगाइएको छ भने, कुनै बच्चालाई कुनै किसिमको समस्या भए बाल क्लबको माध्ययम बाट बिद्यालय प्रशासन समितिमा पुर्याइ त्यसको तुरुन्त समाधान गरिने र अन्य शैक्षिक समस्या भए त्यसको जानकारी गराउने भनी प्र.अ. अर्जुन प्रसाद खनाल ले नव गठित क्लब लाइ शुभकामनाका साथ प्रशिक्षण गर्नु भएकाे छ।

नव गठित बाल क्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत धर्मराज गुप्ता सर्व सम्मत ले चयन भएका हुन । उपाध्यक्ष मा कुन्ति कसौधन र रामेश्वर चौधरी, सचिव मा निर्मला पाण्डेय र सह-सचिवमा ओमकार चौधरी लगायत अन्य ८ जना सदस्य रहेको भनी सोही बिद्यालयका शिक्षक धर्मपाल चौधरी ले जानकारी गराउनु भएका हुन।

Facebook Comments Box