कांग्रेसका कार्यकर्ता द्वारा नेपालगन्जमा १ घन्टा चक्काजाम


नेपालगन्ज बाँके, भद्रा २७
अजय पाठक
नेपाली कांग्रेसका कर्यकर्ता बाँकेले आन्दोलन सुरु गरेको छ। दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ।

जनजागरण कार्यक्रम चलिरहेको बेलामा बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी कांग्रेसका नेता र अन्य कर्यकर्ताको माथी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएका हुन ।
आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हातमा चोटपटक लगेको थियो भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।
आरोपीलाई कारवाही होस भन्ने बिषयमा नेपाली कांग्रेसका कर्यकर्ताले आज नेपालगन्ज बि.पि चोकमा १ घन्टाको आन्दोलन गरि नेपाल सरकारलाई चेतावनी दिएका हुन ।
आरोपी लाई कारवाही गर भन्ने नाराका साथ सरकारलाई अहवान गरेका हुन ।