१ बैशाख २०८१, शनिबार

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध औषधी नष्ट


अजय मिश्र, कृष्णनगर, कपिलवस्तु
भाद्र २७

कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगर बाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्ट को कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा ( sentivin-1) ३०० पत्ता जम्मा ३००० गोटा र( Zensolin ) ३०० पत्ता जम्मा ३००० गोटा अबैध औषधी बरामद गरि आज सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगण मा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी का प्रतिनिधि र कृष्णनगर स्वास्थ्य चौकीका हेल्थ अस्टिटेंट सिराजु अन्सारी लगायत को उपस्थिती मा नष्ट गरिएको छ। उक्त औषधी को अनुमानित मुल्य १,५०,०००-/ एक लाख पचास हजार पर्ने कुरा सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए।

धेरै कमेन्ट गरिएका