कपिलवस्तु , माघ १ । जिल्लाको आराेग्य केन्द्रहरुमा विभिन्न कार्यक्रम गरि राष्ट्रीय योग दिवस मनाइएको छ l
” जीवनको चाहना योग शिक्षा र साधना” भन्ने नाराका साथ
पालिका अन्तर्गतका नागरिक आराेग्य केन्द्रहरुले विभिन्न कार्यक्रम आयोजना गरि मनाएका छन l
जिल्लाकाे कृ्ष्णनगर नगरपालिकामा प्रत्येक नागरिक लाई योग अपरिहार्यता को बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पना लाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ राष्ट्रीय योग दिवस मनाइएको जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज नागेश्वर मिश्रले दिए l
विहान ६:३० देखि ७:३० सम्म योग शिविर संचालन गरि त्यसपछि कृष्णनगर बजारमा सरसफाई गरि कृष्णनगरकाे गोलघर चोकमा सभा आयोजना गरि कार्यक्रम समापन गरिएको थियो l
त्यस्तै यशाेधरा गाउंपालिकाकाे नागरिक आराेग्य केन्द्रले पनि सामुदाय केन्द्रित याेाभ्यास गरि याेग दिवस मनाएकाे छ । स्थानीय समाजसेवी तथा सर्वासधारणकाे उपस्थितिमा याेगाभ्यास गरि मनाइएकाे केन्द्रकी प्रमुख अन्जु श्रीवास्तवले बताउनुभयाे । कपिलवस्तु आयुर्वेद अस्पतालका पदाधिकारी , याेजना प्रमुखकाे समेत उपस्थिति रहेकाे कार्यक्रममा स्थानीय तह पदाधिकारीहरुले मकरसंक्रन्तिकाे शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे ।
3