१८ कार्तिक २०८१, आईतवार

मुस्लिम समुदायको मुहर्रम पर्व हिन्दुहरूले पनि मनाउदै।


कमलेश चन्द्र गुप्ता
कपिलबस्तु/ भाद्र २४
मुस्लिम समुदायको पर्व मुहर्रम हिन्दुहरूले पनि मनाई रहेका छन।तराई मधेसममा लोकप्रिय बनेको मुर्हरम पर्व मुस्लिम र हिन्दु समुदायले मनाउन थाले पनि यस्ले धार्मिका सदभाव समते कायम गरेको हो । तराईमुलका हिन्दु थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले कपिलबस्तु जिल्लाको दक्षिणीभेगमा बढेको छ ।

हिन्दुहरुले समेत मनाउन थाले पछि यो धार्मिक सद्भाव पर्वकोरुपमा विकसित हुदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसथा मनाउने गर्दछन् । तराईका हिन्दु मधेसी, थारुहरुले समेत यो पर्व धुमधामले मनाउन थाले पछि छुट्टै रौनकता थपिएको छ । भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संबृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरु बताउछन् ।
यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ। जिल्लाको कृष्णनगर र महराजगंजमा समेत यस पर्बको रौनक हेर्न मिलेको छ। राति स्थपना गरिएको तहजियालाई पूजा अर्चना गरी जिल्लाको कृष्णनगरको करमा, श्रीनगर, आजिगरा, बिसुनपुर, भौराहवा, नारयणडिहवा र महारगंजको कुशहवा, सतभराका तहजियालाई कुशहवा स्वस्थ्य चौकीको करीब १०० मि. पश्चिम रहेको कलबलामा बजगजाका साथ बिसर्जन गरेको छन।

केही बर्ष अघि सम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरुको संख्या बढदै गएको छ । यसले धार्मिक सदभाव समेत कायम राख्ने दुबै धर्मगुरुहरु बताउछन ।
देशमै मुस्लिमहरुको दास्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुबै समुदायले सामुहकिरुपमा यो पर्व मनाएकोले एकआपसमा भाईचारा कायम गरेको छ । आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त चाडमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ ।

ईस्लामिक नयाँ बर्ष हिजरी संबत् शुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ घरमा पुजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाईने चलन छ । हिन्दुहरुले घरमा पुर्जा गर्दा ढोल, तासा लगाउयतको बाजा बजाउने गर्दछन् । मुस्लिम समुदायले भने मुर्हरमका दिन साहासिक प्रर्दशन गर्ने गर्छन् ।

१४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहीत ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लीम धर्म गुरुहरु बताउछन् । अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ ।

ईस्लामिक नयाँ बर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन् । मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवाले बताउछन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट