११ फाल्गुन २०८०, शुक्रबार

मोहर्रमको सार्वजनिक बिदा

सनिउल्ला धोबी

कपिलवस्तु भद्रा २३ ।

नेपालका हिन्दु मुस्लिमले मनाउने सदभावको पर्व मोहर्रमको अवसरमा भोली सार्वजनिक विदा दिइएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिकाले भोली मगंलवार सार्वजनिक विदा दिएको छ । नगरपालिकामा हिन्दु मुस्लीम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सदभाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । मुस्लिम समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित मनाउने गरेकाले विदा दिइएको होे । स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भए अनुसार महाराजगंज नगरपालिकामा मोहर्रमको विदा दिइएको हो । नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको हो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट