नगर पशु सेवा शाखा जिल्ला मै नमुना
कृष्णनगर , भदाैं २२ । पशु सेवा शाखा बहादुरगंज अाधुनिक प्राविधिकाे प्रयाेगले पशु कृषकलाई उत्कृष्ट सेवा दिदै अाएकाे छ ।
कृष्णनगर नगरपालिकाकाे पशु सेवा शाखा बहादुरगंजले विभिन्न याेजनाहरु मार्फत पशु पालक कृषक र समुहहरूलाई अहिलेसम्म कै उत्कृष्ट सेवा दिदै अाएकाे दाबी शाखा प्रमुख धनई प्रसाद यादवले गरेका छन ।पचास प्रतिशत अनुदानमा पशु स्वास्थ्य बिमा, कृत्रिम गर्भाधान, निशुल्क तलिम , कृषक शिविर पशु बन्ध्याकरण गरिनुका साथै माछा मासु पसल र गाेठ सुधार कार्यक्रम , घास-चारा बीउ, भ्यक्सिनेसन , राेग परिक्षण, अाधुनिक घाँस कटर , माछा भुरा र जाल वितरण लगायत अन्य अावश्यक उपकरणहरु नगरपालिकाद्वारा अनुदानमा दिईने याेजना अार्थिक बर्ष ०७६/०७७ मा राखिएकाे शाखा प्रमुख यादवले जानकारी गराएका छन । कुल १२ वडामा चार जनामात्र पशु प्रविधिक कर्मचारी रहेकाले कृषकमाझ कार्यक्रम प्रवाह गर्न केही कठिनाइ अाईरहेपनि हामी राम्राे सेवा दिन प्रयासरत रहेकाे उनले थपे। पशु सेवा शाखा र कृषि सेवा शाखाकाे संयुक्त याेजना बरमी फर्मिगं (गडयाैला खेती) छिट्टै संचालन गरि कृषकहरुलाई कृषि उत्पादन बढाउन सहयाेग पुराउने पशु बिकास अधिकृत धनेश्वर खनालले बताउनुभयो । उनले बहादुरगंज वरपरका पशु कृषकलाई समूह मार्फत विभिन्न अनुदानका रकमहरु उपलब्ध गराई दुध,माछा, मासु उत्पादन बढाउन लक्ष्य रहेकाे जानकारि गराए ।
बजेट अाभाव भएपनि यस अार्थिक बर्षमा कृष्णनगर नगरपालिकाले कृषि ,पशु र शिक्षामा विशेष प्राथमिकता का साथ रकम विनियाेजन गरेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।