कपिलवस्तु,
भाद्र २२। कपिलवस्तु को शिवराज न.पा ले आयोजना गरेको उक्त समारोह को अध्यक्षता मा नगर प्रमुख नेत्रराज अधिकारी, प्रमुख अतिथि मा प्रदेश नं.५ का प्रदेश सदस्य अर्जुन के.सी. लगायत नगर-उप प्रमुख ,सम्पुर्ण का वडाध्यक्ष र नगर भित्र का सम्पुर्ण सरकारी र निजि विद्यालय का प्र.अ.हरु को उपास्थिति रहेको छ ।
कार्यक्रम मा स्वागत मन्तव्य नगर शिक्षा शाखा प्रमुख शिक्षा सचिव लोक राज पन्थी र शुभ कामना मन्तव्य जन चेतना मा. वि. लक्ष्मणपुर का प्र.अ.अर्जुन प्रसाद खनाल ,नेपाल आदर्श मा.बि. शिवपुर का प्र.अ. मुक्तिनाथ पोख्रेल ले दिनुभएका छन।
यस कार्यक्रम मा ०७५ साल को SEE परीक्षा को नतीजा लाई नगर स्तर मा बिश्लेषण गर्दा उत्कृष्ट नतीजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरु लाई स- सम्मान सहित बिद्यार्थीहरु नगद राशी दिई पुरुस्कृत गरिएको छ। नगर भित्र का सामुदायिक र निजि विद्यालय लाई छुट्टा छुट्टै रुपमा नतीजा बिश्लेषण गरिएको छ।
सामुदायिक बिद्यालय तर्फ नगर प्रथम हुने जन चेतना सामुदायिक मा.बि. लक्ष्मणपुर , द्धितिय नेपाल आदर्श मा.बि.शिवपुर र तृतीय समय थान मा.बि. खरेन्द्रपुर रहेका छन भने संस्थागत मा प्रथम शिवगढी़ ई.बो. स्कुल क्रमश : अवर मादरलेण्ड ई.बो.स्कुल र सनराइज ई.बो. स्कुल भएका छन । बिद्यार्थी मा सामुदायिक विद्यालय को छात्र तर्फ जनचेतना मा.बि. को राम प्रसाद चौधरी (३.७६ जी.पी.ए )र नेपाल आदर्श मा.बि. को सन्तोष खत्री(३.७६ जी.पी.ए) ल्याई दुबै जना नगर प्रथम भएका हुन भने छात्रा तर्फ नेपाल आदर्श मा.बि. को भावना पाण्डे (३.७६ जी.पी.ए)भएकि छिन ।संस्थागत तर्फ छात्र मा शिवगढी़ इ.बो. स्कुल को बिशु पाण्डे ३.८५ र मदरल्याण्ड इ.बो.को रितिश कंडेल नगर प्रथम भएका छन र छात्रा मा हंस बहिनि ई.बो .स्कुल कि सन्ध्या अधिकारी (३.८५ जी.पी.ए) ल्याई नगर प्रथम भएकि छिन।
3