२८ भाद्र २०८१, शुक्रबार

नगरकाे पंचबर्षीय अावधिक याेजना मस्यौदा सर्वसम्मतले परित


कृष्णनगर, भदाैं २१ । पंचबर्षीय याेजना मस्यौदा अाज कृष्णनगर नगरकार्यपालिकाले सर्वसम्मतले पारित गरेकाे छ ।
युनिसेफकाे प्रविधिक सहयाेगमा दुईदिने अन्तर्क्रिया , तीन दिने कार्यशाला गाेष्ठी तथा अन्तिममा मस्यौदामाथि कृष्णनगर नगरकार्यपालिकामा छलफल गरि अाज टुंगाे लगाईएकाे छ । अार्थिक बर्ष ०७६/०७७ देखि पंचबर्षीय याेजना निर्माण गरि बटम टु टपसम्म सर्वांगिण विकासका लागि यस्ताे अावधिक याेजना खाका बनाउन लागिएकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभयाे । पुर्वाधार विकासमा मात्र नभई नगरपालिका भित्र युवा स्वराेजगार, समाजिक जनचेतना ,बालबालिका तथा महिला सशक्तीकरण , कृषि प्रविधिकरण तथा पशु बिमा लगायत विभिन्न याेजनाहरुमा लगानी गरिने नगरप्रमुख शाहले बताए ।
त्यस्तै अबकाे पांच बर्षमा नगरपालिका भित्रका विद्यालयकाे स्तराेन्ति , स्वास्थ्य संस्थालाई पर्याप्त सुविधा तथा उद्योग व्यापारमा समेत लगानी गरि नगरपालिकाकाे अान्तरिक अाय बढाउने जस्ता याेजनालाई पुर्णतः दिने याेजना अधिकृत प्रदिप चाैधरीले बताउनुभयाे । युनिसेफकाे सहयाेगमा सम्पन्न अवधिक याेजना मस्याैदा निर्माण कार्यक्रमले नगरपालिकालाई अगामी अार्थिक बर्षहरुमा बजेट अनुसार कार्यक्रम ल्याउन मदत पुग्ने निमित्त प्रशासकिय अधिकृत दिनेश श्रेष्ठकाे बताउनुभयाे साथै उनले नगरयाेजनाहरु जनसहभागिताले मात्र उत्कृष्ट बनाउन सकिने प्रष्ट पर्नुभयाे ।
कार्यक्रममा नगरकार्यपालिका सदस्यहरु, सेवा कार्यालयहरुका शाखाप्रमुख, याेजना प्रमुख लगायत विभिन्न सराेकारवालाहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट