१८ कार्तिक २०८१, आईतवार

रेडक्रस अभियान प्रचार प्रसार अभिमुखीकरण र आँखा स्वास्थ्य शिविर सम्पन्न


नेपालगन्ज २० भाद्र गते । रेडक्रसको मानवीय सेवा हरेक वर्ग र समुदायमा बालबालिकाहरु मार्फत स्वयंसेवी रुपमा पुर्याउने एवं उनीहरुमा मानवताको भावनामा बृद्धि गर्ने अभिप्रायले रेडक्रस अभियानको अभिमुखीकरण र आँखा परीक्षण शिविर आयोजना गरिएको थियो ।
नेपाल रेडक्रस दिवस मनाउने क्रममा नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाको आयोजनामा र जुरेस मैटहवा मा.वि.खजुरा–१ को अतिथ्यमा अभिमुखीकरण र जुरेस आर्दश मा.वि.नेपालगन्जको आयोजनामा आँखा परीक्षण कार्यक्रम शुक्रवार भएको हो ।
अभिमुखीकरण कार्यक्रममा रेडक्रसको स्थापना, विकासक्रम, अभियानका अंग, नेपालमा रेडक्रसको स्थापना, संचालित गतिविधि, विद्यालय स्तरमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन, विधि, कार्यक्षेत्र लगायत विषयमा जानकारी गराइएको थियो ।
मैटहवा मा.वि.खजुरा–१ मा आयोजित कार्यक्रम सितापुर उपशाखाका सभापति समरबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जुरेस संरक्षक एवं प्र.अ. शिवशंकर रोकाया, शिक्षक नायक .मनप्रकाश रेग्मीले रेडक्रसको बारेमा सन्र्दभीक विचार राख्नु भएको थियो भने कार्यक्रम संचालन र व्यवस्थापन सितापुर उपशाखाका उपसचिव प्रेम खनालले गर्नु भएको थियो ।
गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाका का.मु.कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रममा सितापुर उपशाखा क्षेत्रका ९ वटा जुरेसका शिक्षक नायक र सर्कल पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैगरी जुनियर रेडक्रस सर्कल आर्दश माध्यमिक विद्यालयको आयोजनामा भएको आँखा स्वास्थ्य परीक्षण शिविरमा ३ सय २० जना बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षणको प्राविधक सहयोग भिजन आँखा अस्पतालका डा.प्रचण्ड गौतम समेतको टिमले गर्नु भएको कुरा जुरेस संरक्षक एवं प्र.अ. टंकप्रसाद गौतमले जानकारी दिनु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट