१४ बैशाख २०८१, शुक्रबार

तीजको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

भदौ १३ गते –विजयनगर

विजयनगर गाउँपालिकाको वडा नं. ६ मा आज हरितालिका तीजको अवसरमा शुभकामना अदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारको आयोजनमा हरिबोध आधारभूत विद्यालय प्रेमनगरमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा क्षेत्र नं. ३ का प्रदेश सभा सदस्य अर्जुन केसीले महिलाहरुको महान पर्व तीजको शुभकामना दिँदै आफ्नो छोरासँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकासको साथै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग हुने बताउनु भयो । यसरी हरेक क्षेत्रको विकासको तुलनामा पुरुषभन्दा महिलाको पनि भुमिका कम नभएको कुरामा जोड दिनु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शुभकामनाकै क्रममा तीजलाई भडकिलो नबनाउन , धेरै गहना नलगाउन महङगा कपडा र धेरै खर्च गरि पारिवारिक अवस्थामा आर्थिक भार नपारी भव्य र सभ्य तरिकाले तीज मनाउन अनुरोध गर्नु भएको छ ।

कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारको अध्यक्षता, क्षेत्र नं. ३ का प्रदेश सभा सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको विशिष्ट आतिथ्यता, वडा नं. ३ का अध्यक्ष बुद्धिराम अर्याल, अस्थायी पोष्ट खडैचाका असई धन बहादुर अधिकारी, विजयनगर व्यापार संघका अध्यक्ष गोकर्ण प्रसाद सापकोटाको आतिथ्यता रहेको भने प्रेम कुमारी पाठकको स्वागत मन्तव्य र अग्नी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट