१२ बैशाख २०८१, बुधबार

स्वतन्त्र राजनीतिक समूहको भेला भाद्र २४ मा हुने

१३,भाद्र ,काठमाडौं

 संसदमा नेकपाको सांसद भएपनि हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ताको राजनीतिमा अलग अस्तित्व छ । उनीहरु स्वतन्त्र समूहका रुपमा संगठित छन् ।तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी छोडेर उनीहरुले स्वतन्त्र समुह बनाएका थिए । तत्कालिन एमाले –माओवादीको चुनावी गठबन्धनका बेला एमालेसँग चुनावी तालमेल गरी एमालेको सूर्य चुनाव चिन्हमा उनीहरुले चुनाव लडेका थिए । त्यसमध्ये केन्द्रमा हृदयेश र वृजेश गुप्ताले चुनाव जिते ।स्वतन्त्र सांसदको रुपमा रहेपछि सिंहदरबारभित्रै एमाले दलको कार्यलयसँगै त्रिपाठीहरुलाई संसदले छुट्टै कार्यालय समेत दिएको छ ।चुनाव तत्कालिन सूर्य चुनाव चिन्हबाट जितेसँगै उनीहरुको नेकपा प्रवेशको चर्चाले पनि उत्तिकै महत्व पाईरहेको छ । यो बीचमा एकता छलफलकै लागि उनीहरुले प्रचण्ड ओलीसँग पनि पटक पटक छलफल गरिसकेका छन् ।चुनाव पछि नेकपासँग पार्टी एकताको चर्चा र छलफल चलेपनि उनीहरुले कुनै निर्णय यस बारेमा लिएका त छैनन् । तर आफ्नो विचार समुहको छलफलका लागि उनीहरुले भदौं २४ मा विशेष भेला भने बोलाएका छन् ।उक्त भेला काठमांडू को कालिका स्थान मा रहेको अमृत भोग पार्टी पैलेस मा हुने कुरा पूर्व मंत्री ईश्वर दयाल मिश्र ले जानकारी दिए। 

आफ्नो समुहको अबको राजनीतिक लाइन के बनाउने ? नेकपासँगको एकता या अन्य विचार समुहकै रुपमा केही समय अगाडी बढ्ने भन्ने विषयमा पनि सोही विशेष राष्टिय भेलामा छलफल हुने त्रिपाठीले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता प्रक्रियामा रहेको भनिए तापनि झन्डै दुई वर्षसम्म कुनै निर्णयमा पुग्न नसकेको त्रिपाठी नेतृत्वको समूहले भेलाबाट भने ठोस निर्णय लिने बताईएको छ ।उनका अनुसार, यसका लागि विचार समुहका नेताहरुसँग आन्तरिक परामर्श समेत भईरहेको छ । यस अगाडी स्वतन्त्र विचार समुहमा प्रदेश नम्बर ५ र ७ बाट मात्रै प्रतिनिधित्व रहेकामा अब भने थप ३ प्रदेशवाट पनि प्रतिनिधित्व गराइृ भेलामा छलफल गराइने तयारी पनि उक्त राजनीतिक समुहले बनाएको छ ।भेलामा ५ र ७ (सुदूरपश्चिम) सहित १, २ र ३ नम्बर प्रदेशबाट पनि कार्यकर्ता सहभागी हुनेछन् । त्यसका लागि वृहत तयारी भइरहेको आयोजकहरुको भनाई छ । बैठकले समसामायिक राजनीतिसहित मुख्यतः केपी ओली सरकारबाट भइरहेका काम–कारबाहीबारे पनि आफ्नो धारणा बनाउने छ ।भेलाले सरकारको समिक्षा गर्नेदेखि विभिन्न राजनीतिक पार्टीका गतिविधि विश्लेषण गर्ने सम्मको काम गर्ने आयोजकको भनाइ छ । भेलामा किसानका समस्यामा समेत छलफल हुनेछन् । ‘नेपाल–भारत सीमामा भइरहेका अवरोधबारे बैठकले छलफल गर्नेछ,’ त्रिपाठीले भने । झन्डै एक दर्जन एजेन्डामा छलफल हुने भेलाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।नेपालका कम्युनिस्ट पार्टीले वर्गीय विषय उठान गर्दै आए पनि मधेशी, थारु र मुस्लिम समुदायप्रति उति उदार नभएको भन्दै त्यसप्रति उदार हुने सन्दर्भमा पार्टी एकता हुन सके एकता प्रक्रिया सहज हुने दृष्टिकोण यो समुहको देखिन्छ ।मधेसी, थारु र मुस्लिमलगायत जनजाति आदिवासीप्रति अनुदार भएको भन्दै खुकुलो हुने सर्तमा त्रिपाठी समूहले नेकपासँग पार्टी एकता गर्न सकिने जनाउँदै आएको छ ।भेलाबाट अर्को पार्टी बनाउने भन्ने निर्णय नै त गरिँदैन तर विकल्पबारे भने छलफल पक्कै हुन्छ,’ त्रिपाठीले भने, ‘एक वर्षअघि नेकपासँग पार्टी एकता गर्न जति उत्साह कार्यकर्तामा थियो, त्यो उत्साह अहिले घटेको अवस्था छ । यस्तो बेला निर्णय के होला ? यसै भन्न सकिन्न ।’ उनका अनुसार नयाँ परिस्थिति उत्पन्न भएकाले कार्यकर्ताको निर्देशनअनुसार नेतृत्व चल्ने छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट