१४ बैशाख २०८१, शुक्रबार

समाजवादी पार्टी नेपालको विजयनगर गाउँपालिका स्तरीय कमिटि गठन


कृष्णनगर, कपिलवस्तु भाद्र १२

समाजवादी पार्टी नेपालको विजयनगर गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ । नयाँ शक्ति पार्टि नेपाल र संघिय समाजवादी पार्टि फोरम नेपाल विचको संमायोजन कमिटि घोषणा गरिएको हो । वियजयनगर गाउँपालिका ६ जुडपनियामा भएको उक्त भेलाले सन्तराम तेलीको अध्यक्षमा ५१ सदस्य समिति गठन भएको हो । जसको उपाध्यक्षमा जगन प्रसाद गुप्ता,कोषाध्यक्ष जुगुरु थारु,सचिव अशोक जयसवाल,सहसचिव मो. इसलाम मुसलमानलाई चयन गरिएको छ ।संघियता शुसासन समृद्धी र समाजवाद भन्ने नारा सहित आयोजित उक्त कमिटि भेलाले चयन गरेको हो । कार्यक्रममा केन्द्रिय सदस्य सहसराम यादवले जनताको हित र अधिकारको लागी लडने पार्टी समाजवादी मात्र रहेको जनाए । पछिल्लो समयमा कपिलवस्तुका सम्पुर्ण स्थानिय तहहरुमा कमिटि गठन गरी वडा वडा तह सम्म पनि पाटीलाई एक ढिक्का गराउने जिकिर गरे ।कार्यक्रममा केन्द्रिय सदस्य नारायण खनाल,रामवरण यादव लगाएतले सम्वोधन गरेका थिए । जिल्ला अध्यक्ष शैलेन्द्र यादवले नव निर्वाचित उक्त कमिटिलाई सफलताको शुभकामना दिए । पार्टिका जिल्ला उपाध्यक्ष राम निवास पुरीले अन्य पार्टी को तुलनामा वास्तविक समाजवाद अगाल्न सक्ने समाजवादी पार्टी मात्र रहेको जिकिर गरे । पछिल्लो समयमा नेपाली काग्रेस र कम्युनिष्ट पाटीले समाजवादलाई समय अनुसार रुपान्तरण नगरेको आरोप लगाए ।कार्यक्रममा प्रदेश न ५ का अध्यक्ष अशोक यादव,केन्द्रिय सल्लाहाकार रामलौटन तिवारी,केन्द्रिय पार्षद अकराम पठान ,शिवराज नगरपालिका अध्यक्ष तथा समाजसेवि कृष्णकुमार चौधरीको सहभागीता रहेको थियो । त्यस्तै भोली शिवराज नगरपालिकाको कमिटि गठन भई समायोजन हुने जिल्ला किमिटले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट