१२ बैशाख २०८१, बुधबार

विजयनगर गाउँपालिकाले बुझायो प्रदेश ५ लाई ज्ञापन पत्र


भदौ १२ गते (विजयनगर)
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा हरेक विकासका पुर्वाधारका क्षेत्रमा पछाडी परेको गाउँपालिका हो । विशेष गरी कृषि, सिचाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछाडी परेको क्षेत्रको रुपमा लिन सकिन्छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मानव विकासको सुचाङ्कमा नेपालकै सबै भन्दा पछाडी परेको कपिलवस्तु जिल्ला हो र कपिलवस्तुको पनि सबै भन्दा पछाडी परेको ठाउँ विजयनगर गाउँपालिका रहेको भन्दै प्रदेश ५ मा ज्ञापन पत्र बुझाउनु भएको हो ।

“यो क्षेत्र भौगोलिक बनोटको हिसावले पनि विकट र खडेरीको प्रभाव प्रत्यक्ष देखिन थालेको भन्दै दुःख व्यक्त गर्नु भयो” । यो धान उत्पादन हुने बेला अल्पवृष्टिका कारण अन्न उत्पादनमा ह्रास हुन सक्ने भन्दै थापाले चिन्ता व्यक्त गर्नु भयो ।

कृषि, सिचाई, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका कार्य लगायतका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै विहिवार गएको टोलीले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई प्रदेश सरकारको केन्द्रिय कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, गाउँकार्यपालिका सदस्य र गाउँपालिकाका वडा अध्यक्षहरुको टोलीले प्रत्यक्ष मुख्यमन्त्रीलाई भेट गरी कृषि, सिचाई, स्वास्थ्य र शिक्षा गरी आवश्यक विकासका पुर्वाधारहरुको मागसहित ज्ञापन पत्र बुझाउनु भएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट