२९ असार २०८१, शुक्रबार

पत्रकार भट्टराईको टोली द्वारा बिहादीबाट संकलन रकम क्यान्सर पिडित को आफन्तलाई हस्तान्तरण

पर्वत, भाद्र ११
पत्रकार अमृत भट्टराईको टोलीले बिहादीबाट संकलन गरेको रकम क्यान्सर पीडित अप्सरा नेपालीको आफन्तलाई हस्तान्तरण गर्यो ।  पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर का केही युवाहरूले र पर्वतको बिहादी ३ रानीपानीमा रहेको रेडियो सत्यवाणी को अप्सरा नेपाली बचाउ अभियानमा पर्वत बिहादी २ बर्राचौरका युवा रगु हिताङ्ग, अमित क्षेत्री ,पदम पुरी, रहित पुरी र पत्रकार अमृत भट्टराई लगायतका युवाहरू बिहादी गाउँपालिका का विभिन्न विद्यालय , समाजसेवी ,व्यापारी सँग अप्सरा बचाउ अभियान मा सहयोग गर्ने अपिल गर्दै  हिडेका थिए ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपाली को आन्द्रा मा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोगको अपिल गरेपछि  विहादी दुई बर्राचौरका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका थिए ।युवाले ६८५९७ रुपैया रकम संकलन गरेका थिए ।संकलन गरेको उक्त रकम  बिहादी ३ रानीपानीमा रहेको सृजना युवा क्लबको तीज विशेष कार्यक्रममा अप्सरा नेपालीका ठुला बाबु टुक बहादुर सार्की लाई हस्तान्तरण गरेको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट