कपिलवस्तुमा आन्दोलन हुने चेतावनी ।
निरहु यादव , कपिलवस्तु
५ बर्ष बितिसक्यो तर कपिलवस्तु का किसानले २ करोड ४८ लाख २३हजार रुपैया कहिले उखुको भुक्तानी पाउने हो निश्चित छैन । आर्थिक बर्ष २०७१/७२ मा अधिराज्य भरी नै सुगर्स मील मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत दिने रकम भुक्तानी गरिसकेको छ तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीको भनाइ रहेको छ । सुरुमा मीलले विवरण पठाएन पछि अर्थिक मन्त्रालयले मागेको सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको र कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ । सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन समेत बितिसक्दा अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले बाध्य भएर नै पटकपटक आन्दोलन गर्नु परिरहेको संघका अध्यक्ष चौधरी बताउनुभयो । आइतबार पुनः ईलाका प्रशासन कार्यलय चन्द्रौटा मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ । यदि १३ सम्म सुनुवाइ भएन भने पुनः १८ गते अनशनमा बस्ने पत्रमा उल्लेख गरिएको छ ।
3