भन्सार नियमले दुईदेश बीचकाे सम्बन्ध विग्रिने , कांग्रेस द्वारा अापत्ति


कपिलवस्तु , भदाैं ४ । भन्सारमा लगाईएका नियम दुई देश बीचकाे पारस्परिक सम्बन्ध विगार्ने खेलमात्र रहेकाेले यथाशीघ्र सुधार गर्न कांग्रेसले सरकारलाई चेतावनी दिएकाे छ ।
भदाै १ गतेदेखि भन्सार विभागले पत्र जारी गरि भारतीय गाडिलाई बर्षमा ३० पटक मात्र नेपाल भित्रिन दिने सुचना भन्सार कार्यालयहरुद्वारा जारी गरिएकाे विषयलाई लिएर अाज कपिलबस्तु कांगेस जिल्ला कमिटिले विज्ञप्ति जारी गरि साे निर्णय यथाशीघ्र सशाेधन गर्न सरकारलाई अाग्रह गरेकाे छ । नेपाल र भारत सम्बन्ध राेटीबेटीकाे भएका कारण बर्सेनि सैयाें पटक अाफ्न्तजन अाउने जाने े्ेेेेेगर्छन तर लिमिट ताेकेर भन्सार गरियाे भने त्यसले दुईदेश बीचकाे अापसी सम्बन्धलाई असर गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज अाचार्य विज्ञप्ति मार्फत उधृत गर्नुभएकाे छ । पैठारी काे सिमा निर्धारण गरि भन्सार गरेमा राजस्वपनि घट्ने भएकाले साे निर्णय तुरुन्त सुधार गर्न सरकारसंग माग गरिएकाे छ साथै अागह्रलाई अटेरि गरेकाे खण्डमा अान्दोलन सम्म गर्न वाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।