सेन्ट्रल एसियन जोन पुरुष भलिबलमा नेपाल पराजित
काठमाडौं : बंगलादेशमा जारी बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ ।
आइतबार ढाकामा भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ०–३ को सोझो सेटमा हराएको हो। बंगलादेशले नेपाललाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१३ ले हराएको हो।
अब बंगलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ। पराजित नेपालले भने अब तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ।
Facebook Comments Box
