कृष्णनगर , भदौ ३ । भन्सारकाे जटिलताले भारतीय पर्यटकमा कमी अाउनुका साथै राजस्व वसुली पनि घट्ने सराेकारवालाकाे ठहर छ ।
सुचनाप्रविधिकाे बिकासले काम सहज र सरल हुने कुरा झन उल्टाे बनाएकाे छ , अहिले अनलाईन सेवाले समय खपत बढी भईरहेकाे छ नै सेवाग्राहीमाझ पनि झनझटिलाे बन्दै गएकाे छ । भदाै एक गतेदेखि भारतीय सिमासंग जाेडिएका देशभरिका नाकाहरु अनलाईन मार्फत सुविधा र भन्सार दिने शुरु भएदेखि नै भारतीय गाडी र मालबस्तुकाे चाप घट्दै गएकाे छ । पहिला कृष्णनगर भन्सारबाट क्लींकर , मेसिनरी सामान, फलफुल, कपडा लगायतका मालसमान अधिक मात्रामा पैठारी हुने गरेकाे क्लियरिंग ऐजेन्ट श्याम कुमार मिश्रले बताउनभयाे । मिश्रका अनुसार यस नाकाबाट अहिलेसम्म कै न्यून पैठारी भईरहेकाे र अार्थिक बर्ष ०७६/०७७ काे राजस्व लक्ष्य पनि घट्ने सम्भावना बढ्दै गएकाे बताए । कपिलबस्तुकाे मुख्य व्यापारिक नाका मानिने कृष्णनगर भन्सारमा अहिलेकाे कम्प्युटरिकृत पद्धतिले गर्दा भन्सार प्रक्रियामा जटिलता बढ्दै जाने हाे भने भारतीय क्रेता माथि निर्भर रहेकाे कृष्णनगर बजार पनि सुक्ने डर व्यापारीहरुमा व्याप्त नै छ ।
भारतका सिद्धार्थनगर , बलरामपुर, बस्ती , बहराईच जिल्लाबाट बहादुरगंज स्थित अांखा अस्पतालमा माेतियाबिन्द अाप्रेसन गराउन जाने बिरामी भन्छन ११ बजे जमा गरेकाे फारम ४ बजे भन्सार भएकाे छ, अब अाैषधि गराएर फर्कन सकिन्न हाेला ।
साे सम्बन्धमा बुझन जादा बैंकिङ सेवा दस बजेदेखि पांच बजेसम्म मात्र हुने र बैंकमा बिदा धेरै हुने तर भन्सार त बर्षभरि नै खुल्ने हुनाले पनि अानलाईन पेमेन्टले राजस्व लक्ष्यलाई असर पर्ने तथ्य खुलेकाे छ ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बिष्णु पाेडेलले हामी जनशक्ति र प्रविधि व्यवस्थापन गरिसकेपछि सुविधा र भन्सार गर्नमा समस्या नअाउने अश्वासन दिनुभएकाे छ ।
3