नेकपा अदालतले होइन प्रचण्ड-माधवले फुटाएका हुन् : ओली

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले नफुटाएको दाबी गरेका छन्।

अदालतले पहिल्यै दर्ता भएको अर्को पार्टीसँग नाम मिलेको भन्दै दर्ता मात्रै खारेज गरेको उनको भनाइ थियो। काठमाडौं–प्यूठान सम्पर्क मंचले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विभाजन चाहने तत्वले पार्टी फुटाएको जिकिर गरे।

‘अदालतले पार्टी फुटाएको होइन, पार्टीको नाम फेर मात्रै भनेको हो । अर्को नाम लिएर आउनु भनेकै हो। ओलीले भने, ‘पार्टी फुटाउने उद्देश्यले काम भइरहेको थियो । प्रचण्ड–माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन्।’

उनले आफूले धेरैपल्ट अर्को नाममा पार्टी जोगाउने कोशिश गरेपनि नसकेको दाबी गरे।

एमाले सिध्याउन चाहने तत्वलाई अहिलेको चुनावसम्म आउँदा आफूहरूले परास्त गरेको उनले जिकिर गरे।

Facebook Comments Box