१३ बैशाख २०८१, बिहीबार

कृष्णनगरलाई काेइलाबास जस्तै सुकाउने षड्यन्त्र हुदै


कृष्णनगर, भाद्र २ । कपिलबस्तुका मुख्य व्यापारिक नाका कृष्णनगर नाकालाई काेईलाबास झैं सुकाउने षड्यन्त्र भएकाे स्थानिय व्यापारीहरुले अाराेप लगाएका छन ।
जिल्लाका कृष्णनगर नाका भन्सार नाका मात्र नभई व्यापारिक केन्द्र भएका कारण षड्यन्त्रपुर्ण तरिकाले यस नाकालाई सुकाई दांग जिल्लाकाे काेईलाबास नाका झैं बनाउन लागिएकाे व्यापारीहरु अाराेप लगाएका हुन । कृष्णनगरकाे व्यापारीलाई ध्वस्त बनाउने षड्यन्त्र भईरहेकाे उद्योग वाणिज्य संघ कृष्णनगरका नवनिर्वाचित अध्यक्ष राम कुमार गुप्ताले अाराेप लगाएका छन । लगभग एकबर्ष पहिला क्वारेन्टाइनकाे बहाना देखाउदै फलफुल र तरकारी अायात राेकियाे तर टेस्टिगं ल्याब भैरहवा लगायत अन्य नाकामा स्थापना गरियाे कृष्णनगर नाकामा गरिएन । यहांका फल व्यापारी ध्वस्त हुदै गए र क्लियरिंगकाे राेजगार पाएका युवा विदेश पलायन भए ।त्यसैगरि अहिलेकाे भारतीय गाडीकाे अनलाईन भन्सार र सुविधाका कारण स्थानिय व्यापारीहरु मारमा परेका छन । पहिला बिहान सात बजे शुरु भई राति दस बजेसम्मै भन्सार हुन्थ्यो तर अहिले बैंक समय बिहान दस बजे प्रज्ञापन गराउन शुरु हुन्छ र पांच बजे बन्द हुन्छ ।यस्ता समास्याले गर्दा नै यस नाकाबाट भन्सार राजस्व घट्दै गईरहेकाे अवस्था छ । फेरि अर्काे समस्या जाेडिएकाे छ एकदिनकाे सुविधा व भन्सार गराई कृष्णनगर बजार अाउने भारतीयलाई तीनदेखि चार घण्टा भन्सार मै बस्नुपर्ने अवस्था भएका कारणले स्थानीय व्यापर चाैपट भईरहेकाे अध्यक्ष गुप्ताकाे भनाई छ ।
कृष्णनगर बजारलाई ध्वस्त बनाउने कुनैपनि रणनिति सफल हुन नदिने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले अश्वासन दिएका छन ।कृष्णनगर बजार व्यापार व्यवस्थापन सम्बन्धमा संचारकर्मीहरुलाई उत्तर दिदै प्रमुख व्यापारिक नगर मानिने हाम्राे कृष्णनगरसंग राज्यकाे साेतेला व्यावहार सहन नसकिने बताए ,साथै यस नगरका व्वासायीहरुकाे हितका दीर्घकालीन याेजना तैयार गरिने नगरप्रमख शाहले बताएका छन ।
अहिलेकाे अवस्थामा कृष्णनगर बजारबाट चन्द्राैटा , बुटवल, प्युठान, लम्ही ,पाेखरा लगायतका ठाउंमा पलायन गरि व्यवसायीहरु व्यापार गर्न क्रम बढेकाे स्थानीय व्यापारीहरु बताउछन् । नेपाल-भारत सिमाका नेपाली बजार भारतीय कस्टमरले चल्ने हुनाले कृष्णनगर जस्ता अन्य नाकाका बजार पनि सुक्ने निश्चित रहेकाे व्यापारीले चिन्ता व्यक्त गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट