१५ चैत्र २०८०, बिहीबार

कपिलबस्तुमा खडेरी पर्न सम्भवना बढ़ी , कृषक चिन्तित


कमलेश चन्द्र गुप्ता
कपिलबस्तु/ साउन ३१
साउन बितदा पनि पानी नपरे पछि कपिलबस्तुमा खडेरी पर्न सम्भवना बढेको छ। पानी नपरे पछि यहाँका अधिकांश कृषकहरुले आहिले सम्म पनि धान रोपन सुरु गरेका छैन। कपिलबस्तुमा सिचाईको समेत समस्या भएकोले यहाँ कृषकहरुलाई अकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता रहेको छ। नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश भए त पनि कृषिमा सरकारको लागानी न्युन रहेकोले अकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता रहेको कारणले आहिले सम्म पनि कृषकहरुले धानको बेर्ना ब्याडबाट खेतमा रोपन साकेका छैन।
पानी नपरे पछि एक तिर कृषकहरुले धानको बेर्ना खेतमा रोपन पाएका छैन भने अर्को तिर केहि कृषकले रोपेकोको धानको बोट सुक्दा किसानहरु निराश भएका छन। हलको मानसून हेर्दा खेती योग्य जमीन पनि मरुभुमी बन्ने सम्भावना देखिन्छ ।
अन्नदाता भने कृषकलाई आज कृषि क्षेत्रमा उचित लगानी नभएको कारणले यस्तो समस्या झेलनु पर्ने बाध्यता रहेको छ। नेपालको कृषि प्रणालीमा उचित व्यवस्थापन र उचित लगनी नहुदाँ किसान, व्यापारी, जनावर लगायत अन्य प्राणी मर्कामा पर्दै आएका छन् ।

कपिलबस्तु जिल्लाको कृष्णनगरमा यसको प्रभाव अति ने हेर्न मिलेको छ। यहांको आवस्था हेर्दा चारे तिर खेत(सिवान) खाली ने रहेको छ। कृष्णनगरको स्थानीय किसानहरुको भनाइ अनुसार कृषि तर्फ सरकारको ध्यानाकर्षण नहुँदा पहिलैकै अवस्थामा आज पनि कृषि क्षेत्रको अवस्था रहेको छ र ८ दिन भित्र पानी नपरे पछि हामी धान रोपदेनो बरु आउने मौसममा लगाउने बालीको तैयारी गर्दछौं भने कुरा वहाँहरुले बताउनु भयो।
केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय सरकारले पनि कृषिमा उचित लगानी गर्नुका साथै त्यसको कार्यन्वयन हुन आवश्यक रहेको किसानहरु भनाइ रहेको छ।

धेरै कमेन्ट गरिएका