११ आश्विन २०८०, बिहीबार

मायादेवी गाउँपालिकाकाे गाडीमा आगजनी…

कपिलवस्तु । अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ ।

गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका हुन् ।
शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो । आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् । चाैधरी तात्कालिन संघीय समाजबादि फाेरम नेपाल हाल समाजबादी पार्टी बाट मायादेवी गाउपालिकाकाे अध्यक्षमा जितेका थिए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।
राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । उक्त घट्ना के र किन गराईएकाे कसैले जिम्मा नलिएकाे र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

धेरै कमेन्ट गरिएका