कपिलबस्तुका किसान सुख्खा खेतमा धान रोप्दै

सेयर गर्नुहोस


देवानन्द ठाकुर,साउन २३
कपिलवस्तु । अाधा भन्दा बढी जनता कृषिमा निर्भर गर्ने हाम्राे देशका किसान पानी नपाएर सुख्खा खेतमा धान राेप्ना बाध्य भएका छन ।
बढ्दाे जलवायु परिवर्तन र कृषिमा राज्यकाे शून्य चिन्तनले गर्दा कपिलवस्तुमा किसान चिन्तित भई धान राेपाई पानी नपाएपनि सुख्खा खेतमा शुरु गरेका छन । जिल्लाका अधिकांश भागमा अहिलेपनि खेती कार्य आकाशे पानी को भरमा गरिन्छ। नेपाल जलस्रोत मा विश्वको दोस्रो धनी देश भएपनि सिचाइ साधनकाे उचित व्यवस्थापन न हुदा किसान लगायत व्यापारी मर्कामा पर्दै आएका छन।
जिल्ला कै कृषि मन्त्री रहपनि पुरानै अवस्थामा किसानले सिचाई र खाद समास्या भाेगदै अाएकाे बहादुरगंजका किसानहरस बताउछन् । भन्छन हाल को मानसुन हेर्दा खेती योग्य जमीन पनि मरुभुमी बन्ने सम्भावना देखिन्छ।
शिवराज न.पा. वार्ड नं.८ का किसान छागुर मौर्या ले पानी न पर्दा आफ्नो सुख्खा खेतमा धान रोप्दै छन । माैर्य भन्छन ” बिकास मा देश फडको मार्दै जादा कृषि तर्फ सरकार को कुनै ध्यान न जादा पहिलै को अवस्था मा आज पनि कृषि क्षेत्र को अवस्था यस्तो भएको छ । त्यसको प्रतिफल आज म लगायत अन्य साना किसान सुख्खा खेतमा धान रोप्न बाध्य छन। “
उनी थप्छन भन्नमा नेपाल कृषि प्रधान देश भनेर हुदैन , सरकार ले कृषिमा पनि उचित लगानी गर्न र त्यसको कार्यन्वयन हुन जरुरी देखिन्छ ।
यसबर्ष पानी र खाद समास्या बढेका कारण धानकाे उत्पादन घट्ने कृषि प्राविधिकहरु बताउंछन ।

Facebook Comments Box