२८ भाद्र २०८१, शुक्रबार

मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणमा गम्भीर छाैंं : नगर प्रमुख शाह

कृष्णनगर । देशमा कयौं मानिसहरु बेचबिखन को सिकार मा परेको सुन्न र देख्नु पर्दा अत्यन्त दु:खद कुरा रहेकाे नगरप्रमुख शाहकाेे भनाई छ ।

गरिबी चेतनाको कमि तथा बेरोजगार को चपेटामा रहेका नेपाली दिदी बैनिहरुलाई गलत मनसायले बेचबिखन तथा शारीरिक शोषण गर्ने उदेश्य ले अनेकौं बहाना बनाई एक ठाउ बाट अर्को ठाउमा लगेको पाईन्छ ।कुनै पनि सन्तान ठुलो भैइ सके पछि बेचिनु पर्ने बाध्यता र मानिसलाई पशु सरह सम्झने ती मानसिकता भएका ब्याक्तिहरु निरुत्साहित गर्न सबै आआफ्नो ठाउ बाट सकारात्मक भुमिका खेल्न जरुरी छ ।बिगत देखि मैले मेरो नगर सिमा सङ्ग जोडिएको कारण यहाँ हुने अनेकौं अपराधीक कृयाकलाप मध्ये मानव बेचबिखन पनि झटिल अबस्था रहेको छ ।यसलाई न्यूनीकरण गर्नको लागि यश नगरले आफन्त नेपाल सङ्ग सहकार्य गरि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । बिशेष सिमा नाकामा रहेर कर्मचारी परिचालन देखि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न जिल्लाबाट यस नाकाको बाटो प्रयोग हुने हुँदा उनिहरुलाई अग्रिम सचेत गराउने उदेश्यले यश नगरले हाेडिङबोर्ड हरु समेत राखेको छ । आफन्त नेपाल सङ्गको सहकार्यमा विभिन्न दिबशिय कार्यक्रमहरु सन्चालन गर्दै आएका छौ । यसरी मानव बेचबिखन न्यूनीकरण गर्न आगामी दिनमा पनि अझ धेरै प्रयास गर्ने योजना रहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । सबै जनालाई रोजगार दिन सकेमा बेचबिखनमा कमि आउने कृष्ण नगर नगरपालिका नि.प्रमुख दिनेश थापाले बताउनु भयो । मानव बेचबिखन न्यूनीकरणमा समुदायमा व्यापक कार्यक्रम संचालन गर्न सकेमा अझ बढी न्यूनीकरण हुने कृष्णनगर न.पा का सामाजिक बिकास अधिकृत शाकिर अहमद ले बताउनु भयो आ.ब ७६/७७ मा आफन्त नेपाल सङ्ग पुन सहकार्य गरि मानव बेचबिखनलाई न्यूनीकरण गर्नका लागि नगरपालिका ले निरन्तर गरेको सहायताले र कर्मचारी नै परिचालन गरेको हुँदा र नगरपालिकाको यो सराहनीय कामले सामाजिक काममा अझ मनोबल बढेको आफन्त नेपाल कपिलवस्तु का सयोजक केसर बिश्वकर्माले बताउनु भयो ।नगरपालिका को निरन्तर सहयोग र नगरपालिका को यो हौसलाले मानव बेचबिखन नियन्त्रणमामा अत्यन्तै ठुलो प्रभाव पार्ने बिश्वकर्माले बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट