२० फाल्गुन २०८०, आईतवार

कपिलवस्तुको चन्द्रौटामा बालिकालाई बलत्कारको प्रयास गर्ने पक्राउ

कपिलवस्तुको चन्द्रौटामा बालिकालाई जबरजस्ती बलत्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन । चन्द्रौटाकी एक १० बर्षीय बालिकालाई ललाईफकाई बलत्कारको प्रयास गर्ने शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटाका तुल्सीराम पाण्डेय प्रकाउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतीलाल योञ्जनले जानकारी दिनु भयो ।

विहिवार करिब ४ चन्द्रौटा स्थीत फफुरी स्कुलको पछाडी रहेको झाडीमा बालिकालाई जवरजस्ती लगी बलत्कारको प्रयास गरेपछी ति वालिका त्यहाबाट भाग्न सफल भएकी थिइन । बालिकाले आफनो परिवारमा घाटनाबारे जानकारी दिएपछी पाण्डेलाई पक्राउ गरीएको वडा प्रहरी कार्यालयमा चन्द्रौटाले जानकारी दिएको छ ।

बलत्कारको प्रयास गर्ने पाण्डेलाई जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी अनुुसान्धन प्रक्रिया जारी राखेको प्रहरीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट