कपिलबस्तु ।।
वैदेशिक रोजगारीको प्रलोभनमा पारी विगत सात महिना देखि कुवेत, दुवई र साउदी लगायत अन्य खाडी मुलुक पुर्याउने भनी भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा महिनौंदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेशफिर्ती गरिएको छ ।
के.आई. नेपालले ती सबै नेपाली महिलाहरुको बारेमा प्राप्त जानकारी अनुसार दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा पुस १० मा उद्धार गरीएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरी ११ पुसमा स्वदेशफिर्ती पश्चात परिवारमा पुनर्मिलन गराइएको छ ।
नेपालको सुनौली तथा काकर्भिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको र भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखि आज भोलि भन्दै सात महिनासम्म आफू लगायत अन्य ८ जनालाई पनि बन्धक बनाई राखेको र ९ मध्ये ७ जनालाई कुवेत १ जनालाई दुवई र १ जनालाई साउदीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी लगिएको पीडीतहरुले बताएका छन् ।
के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नविन जोशीले दिएको जानकारी अनुसार विभिन्न ७ जिल्लाबाट फरकफरक व्यक्तिहरुसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीको लागि भारत पुगेका उनीहरुले धन कमाउने, परिवारको आर्थिक अवस्थामा सुधार ल्याई भविष्यलाई उज्वल बनाउने सपना देखेर विश्वासको कारण समस्या भोग्नुपरेको तथा वेचबिखनको जोखिमबाट मुक्त भई स्वदेशफिर्ती हुन पाएकोमा के.आई. नेपाललाई धन्यवाद दिएका छन् ।स्वदेश फिर्ती भएका चेलिहरुलाई आवाश्यक सोधपुछ तथा अनुशन्धान गर्ने क्रममा कृष्णनगर नगरपालिका का मेअर रजत प्रताप शाहले समेत घटना स्थिति बुझी के.नेपालको कामको प्रसंशा गर्दै यस्ता जोखिमपुर्ण यात्रा नमोल्न सबै चेलिहरुलाई आह्वान गर्नु भयो । भने अनुसन्धान कै क्रममा भिभिन्न प्रलोभन मा पारेर लैजाने त्यस्ता एजेन्डहरुलाई कार्बाहिको सिलसिलामा ल्याउनका लागी प्रभाबित चेलिहरुलाई सहयोग पुर्याउनका लागि इलाका प्रहरी कार्यलय कृष्णनगरका कार्यलय प्रमुख सुर्य बोगटीले आह्वान गर्नु भयो ।
मानव बेचविखनको बदलिदो स्वरुपसंगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवम् कठिनपुर्ण हुँदै गइरहेको छ जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजारौ महिला तथा किशोरीहरु परेका छन् । रोजगारीको लागि भारतको बाटो हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले भोग्नुपरेको दुःख कष्टलाई हामी कल्पना पनि गर्न सक्दैनौ भने महिलाहरु मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना उच्च रहेकोले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने तथा नेपाल सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ ।
3