रंजित चौरसिया
वीरगंज १७ श्रावण। कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्सा (क्यान फेडेरेसन) को आयोजनामा आज प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणबारे जानकारी गराउने उद्द्येश्यका साथ वीरगंजस्थित भिस्वा होटेलमा शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आजको युगमा समग्र विकासका लागी आईटीले ठुलो भूमीका खेलिरहेको कुरामा जोड दिएका थिए । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले आईटीको सहयोगले आज विश्व आफ्नै हाथमा रहेको अनुभुती भईरहेको बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रहबर अन्सारीले आईटीले समाज रुपान्तरणमा ठुलो क्रान्ति गरेको बताए । उनले आईटीले विश्वभरिको सूचना आफ्नै हातमा पाउन सक्ने सेवा उपलब्ध गराएको भने । नेता रहबरले नेपालमा अहिले पनि आईटीको पूर्ण रुपले प्रयोग नभईरहेकोले यसलाई हात-हातमा पुर्याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
क्यान फेडेरेसन पर्साका अध्यक्ष आलोक चौरसियाले क्यान फेडेरेसनले सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पुर्याउन ठुलो सहयोग गरिरहेको बताए । उनले नेपाललाई डिजिटल रुपले अगाडी बढाउन क्यानले लिएको लक्ष्यलाई सफल पार्न तिनै तहको सरकारबाट सहयोगको अपेक्षा रहेको भने । चौरसियाले क्यान पर्साले वीरगंजमा पहिलो पटक आईटी मेला गराउने देखि लिएर आईसीटी सेमिनार गराएर प्रदेश २ मै एउटा छुट्टै पहिचान स्थापित गरेको बताए ।
चौरसियाले एसिया प्यासिफिक युनिभरसिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट मान्यता प्राप्त नेपालको पहिलो इञ्जिनियरिङ्ग कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको सहयोगमा क्यान फेडेरेसनले नेपालका ७ वटै प्रदेशहरुमा ४९ विद्यार्थीहरुलाई १ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको छात्रावृति प्रदान गरिने समेत जानकारी दिएका थिए । छात्रावृति अनतर्गत हरेक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृति र बाकी ४२ जनालाई आंसिक छात्रवृति प्रदान गरिने चौरसियाले भने । उनले फिमेल मेरिट आईटी स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्राहरुलाई छात्रवृति प्रदान गरिने छ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तिनजनाका दरले २१ जानलाई छात्रवृति प्रदान गरिने जानकारी गराए । उनले क्यान फेडेरेसनले सुरु गरेको फिमेल मेरिट स्कलरसिपबाट प्रदेश सरकारले सुरु गरेको बेटी बेचाओ बेटी पढाओ कार्यकर्ममा समेत बल पुर्याउने भने ।
कार्यक्रममा क्यान फेडेरेसनका केन्द्रिय अध्यक्ष हेमन्त चौरसिया, भारतिया महावाणिज्य दुतावासका डा. कोत्रास्वामी एम, राष्ट्रिय गाउँपालिका संघ प्रदेश २ का अध्यक्ष तथा पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, क्यान फेडेरसनका महासचिव रन्जीत पोदार, उद्योग वाणिज्य संघका केन्द्रिय कार्यक्रारी सदस्य पंकज जलान, क्यान फेडेरेसनका केन्द्रिय कार्यकारी सदस्य भुपाल श्रेष्ठ, दिपेन्द्र राज सिंह, क्यान फेडेरेसनका प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, सहसचिव गणेश साह, दिपक साह, जीवन प्रकाश गुप्ता, स्थानिय तहका जनप्रतिनिधि, क्यान पर्साका अन्य सदस्यलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्यान फेडेरेसनका प्रदेश सचिव सरोज बाबु न्यौपानेले गरेका थिए ।
3