पांच बर्षमा प्रत्येक नागरिकलाई अात्मनिर्भर बनाईने याेजना बनाईदै : नगरप्रमुख शाह

सेयर गर्नुहोस


कृष्णनगर, साउन १५ । अाफ्नाे पांच बर्षकाे कार्यकालमा प्रत्येक नगरपालिकाबासीलाई अात्मनिर्भर बनाएरै छाड्ने नगर प्रमुख रजत प्रताप शाहले प्रतिवद्धता व्यक्त गरेका छन ।
कृष्णनगर नगरपालिकाकाे अायाेजना तथा युनिसेफकाे सहयाेगमा चलिरहेकाे तीन दिन अावधिक याेजना तर्जुमा सम्बन्धि कार्यशाला गाेष्ठीमा सम्बाेधन गर्दे तीन बर्षे र पांच बर्षे अावधिक याेजनाहरु निर्माण गरि नगरभित्र राेजगारि बढाई अात्मनिर्भर बनाईने लक्ष्य रहेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । अावधिक याेजना कार्यशाला गाेष्ठीमा उपस्थित कार्यपालिका सदस्य , शाखा प्रमुख तथा संघसंस्था प्रतिनिधिहरुलाई कृष्णनगरकाे बिकासमा हातेमालो गरि अगाडि बढ्न अाग्रह गर्दै नगरप्रमुख शाहले अाउने समयमा अाधुनिक कृषि प्रसार तथा पशु पालन लगायत याेजनाहरुलाई विशेष प्राथमिकताका साथ अघि बढाईने जानकारी गराउनुभयाे ।
तीन दिन सम्म चलेकाे कार्यशालामा सम्पुर्ण सेवा कार्यालयका प्रमुख, संघसंस्थाहरु एवं कार्यपालिका सदस्यहरुले नगरसभामा के कस्ता याेजना समावेस गर्ने तथा अतिअावश्यक अावधिक याेजना निर्माण कसरी गर्ने लगायतका महत्त्वपूर्ण बिषयमा चर्चा गरिएकाे युनिसेफकी क्षेत्रिय संयाेजक मंजु वाग्लेले बताईन । कृष्णनगरलाई सुन्दर , शान्त र बिकासित बनाउन युनिसेफले पनि अाफ्ना प्राविधिक सहयाग दिदै गरेकाे याेजना अधिकृत प्रदिप चाैधरीले बताए साथै वहांले बिकाससंग सम्बन्धित यस्ता कार्यशाला, तालिम र गाेष्ठीहरुले याेजनाहरुकाे कार्यन्वयन तथा मुल्यांकन सजिलै गर्न सकिने स्पष्ट पार्नुभयाे ।

Facebook Comments Box