५ जेष्ठ २०८१, शनिबार

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गर्नु भएकाे छ ।अध्यक्ष यादवले सूचना हककाे ऐन २०६४ बमाेजिम संसद् सचिवालयसँग सूचना माग गर्नु भएकाे हाे ।

उहाँले लिखित निवेदन दर्ता गर्दै पछिल्लाे संसद्काे पाँच वर्षे २०७४ देखि २०७९ सम्मकाे कार्यकालमा सांसदहरुमा तलब एवं अन्य सुविधामा खर्च भएकाे कुल रकमकाे प्रमाणित प्रतिलिपी माग गर्नु भएकाे छ ।

त्यस्तै उहाँले संसद्काे पछिल्लाे पाँच वर्षमा सांसदहरुले लिएकाे भत्ता, संसदीय काेषमार्फत खर्च भएकाे रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयाेग गरेकाे सांसदहरुकाे सूची माग गरेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट