१२ बैशाख २०८१, बुधबार

हिजाबकाे विराेध गर्ने प्रदर्शनकारीलाई मृत्युदण्ड

काठमाडौं । इरानले हालै सरकार विरोधी प्रदर्शनमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ। सरकार विरोधी प्रदर्शन गरेकोमा इरानले पहिलो पटक मृत्युदण्ड दिएको हो ।

मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले ‘ईश्वरविरुद्ध दुश्मनी’ गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाउने ‘दंगाकारी’ भएको आरोप लगाइएको थियो।एक अभियानकर्ताले ‘कुनै उचित प्रक्रिया बिना देखावटी बयान’ पछि उनलाई दोषी ठहराइएको बताएका छन् ।

नर्वेमा रहेको इरान मानव अधिकारका निर्देशक महमूद अमिरी मोगद्दमले ट्वीट गर्दै इरानी अधिकारीहरूले ‘अन्तर्राष्ट्रिय रूपमा द्रूत व्यवहारिक परिणाम’ सामना नगरेसम्म प्रदर्शनकारीहरूको मृत्युदण्ड दिनहुँ हुन थाल्ने भनेका छन् ।

नैतिकता प्रहरीले अनुचित तरिकाले हिजाब, वा हेडकार्फ लगाएको आरोपमा हिरासतमा राखेकी २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सेप्टेम्बरको मध्यदेखि शुरु भएको विरोध प्रदर्शनका प्रदर्शनकारीहरुमध्ये अहिलेसम्म ११ जनालाई मृत्युदण्डको सजाय सुनाइएको घोषणा इरानको न्यायपालिकाले गरेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट