१२ बैशाख २०८१, बुधबार

दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो, आपको बहुमत आउने सङ्केत

एजेन्सी
भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा हार ब्यहोर्ने देखिएको छ । चुनावमा आम आदमी पार्टीको बहुमत आउने सङ्केत देखिएको छ ।

कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।

चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो एक महिनामा राष्ट्रिय राजधानी दिल्लीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहरका थुप्राहरू हटाउने र दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट