काठमाडौं २८ असार
हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले अब नेपाल चाँडै हिन्दू घोषणा हुने बताए। काठमाडौं अनामनगरमा भएको जनजागरण सभा लाई सम्बोधन गर्दै पटेलले अब नेपालमा हिन्दू राष्ट्र बारे राम्रो माहोल बन्दै गएको छ।राजनीतिक दलका अगुवहरु द्धारा विदेशीको इशारामा नेपालको पहिचान मेटाउने कार्य गर्दा आज देशमा आकोर्षको माहोल बन्दै छ।देश लाई ईसाई कारण गर्ने कार्य हुँदै छ जुन देशको एकता,अखण्डताको लागी खतरा रहेको छ।नेपालको राष्ट्रियता, विकास,समृद्धि,एकता,पहिचानको लागि मुख्य सेतु नै हो हिन्दू राष्ट्र।पटेलले भने हिन्दू राष्ट्रको लागी कार्य गर्ने संघ संस्था संग सहकार्य गरी कार्य गर्न परिषद तैयार रहेको बताए। नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने गिरोह लाई कालो मोसो दली प्रशासन लाई जिम्मा लगाऊन निर्देशन दिए।हिन्दू राष्ट्रका लागि ९४% ओमकार परिवार एक भई राष्ट्रको पहिचानका लागि आफ्नो दलवा स्वार्थ भन्दा माथि उठन आग्रह गरेका थिए।
जनजागरण सभामा मिशन एकता नेपालका केन्द्रीय संयोजक खेमनाथ आचार्य,हिन्दू जागरण नेपालका केन्द्रीय संयोजक रामकृष्ण उपाध्याय,हिन्दू युवा संयोजन अभियान नेपालका केन्द्रीय संयोजक अभिषेक जोशी,नेपाल विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष विजय प्रकाश निषाद,योगी नरहरी ट्रस्टका अध्यक्ष शंकर पौडेल,गुरु गाेरखनाथ अन्तर्राष्ट्रिय आधारशिला संरक्षक रामबाबा,पतञ्जलि योग समिति काठाडौँका उपाध्यक्ष नरेश थापा, शिरिषको फूल सामाजिक संस्थाका संस्थापक अध्यक्ष राम कुमार खाती,सनातन धर्म सेवा समितिका पूर्व अध्यक्ष सिला पन्त,वरिष्ठ पत्रकार उपेन्द्र झा,वरिष्ठ समाजसेवी दीर्घ राज प्रसाई,हिन्दू परिषद नेपालका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, केन्द्रीय सदस्य सुरेश साह कानु,सजना खतिवडा, सल्हकार महेन्द्र चौधरी, शिक्षा प्रेमी पिताम्बर महतो, हिन्दू परिषद नेपाल वीरगञ्ज नगर सचिव रंजित चौरसिया लगायतकाले शुभकामना दिएका थिए।हिन्दू परिषद नेपाल काठमाडौं जिल्ला अध्यक्ष सपना अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रम केन्द्रीय सदस्य सुनिता रौनियारले संचालन गरेका थिए।
3