१२ बैशाख २०८१, बुधबार

हरसम्भव सहयाेग गर्ने राजदुत पुरिकाे प्रतिवद्धता

कपिलबस्तु , असार २० । भारतीय राजदुत मन्जीव सिंह पुरिकाे एकदिने अनाैपचारिक कपिलबस्तु भ्रमण गरेका छन ।
नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरिले अाज जिल्ला मुख्य नाका कृष्णनगर क्षेत्रकाे भ्रमण गरेका छन । भ्रमण क्रममा उनी विभिन्न स्थानिय नेता तथा उद्योग व्यावसायीसंग अन्तर्क्रिया पनि गरेका छन । पुर्व कृषि मन्त्री इकबाल अहमद शाहकाे पहलमा राजदुत पुरी कृष्णनगर , बहादुरगंज लगायतका स्थानहरुकाे अावश्यक पुर्वाधार तथा व्यवसायिक समास्याबारे जानकारी लिएकाे पुर्वमन्त्री शाहले बताउनुभयाे । साथै व्यापारी हरुकाे समास्या समाधानमा अाफु गम्भीर भएर लाग्ने अश्वासन दिनुभएकाे छ । दिउसाे साढे बाह्र बजे कपिलबस्तु पुगेका राजदुत पुरी जिल्लाकाे प्रमुख व्यापरिका नाका कृष्णनगरमा क्वारेन्टाइन , ड्राइपाेर्ट , क्याम्पस तथा अस्पताल लगायतका अतिअावश्यक विषयहरुमा छलफल भएकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभएकाे छ । उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी द्वारा स्वागत कार्यक्रममा व्यापारीहरुसंगकाे छलफल क्रममा बार्डरमा क्वारेन्टाइन नभएकाे समास्याले फलफुल र तरकारी हरु नेपाल भित्र्याउन समस्या देखा परेकाेले साेका समाधान गराईदिन अनुराेध गरे । अानाैपचारिक कपिलवस्तु भ्रमणका क्रममा राजदुत पुरी प्रदेश सांसद विरेन्द्र कानाेडिया, पुर्वराज्यमन्त्री ईश्वरदयाल मिश्र , जावेद अालम खां, गुरुशरण सिंह सरदार लगायतका नेताहरुसंग अन्तर्क्रिया गरेका हुन भने कृष्णनगर गुरुद्वारा र लक्ष्मीनारायण मन्दिर दर्शन पनि गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट