८ असार २०८१, शुक्रबार

महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

प्रिया अधिकारी /रूपन्देही असार १४ कञ्चन जेसिस र साना किसान सहकारी संस्था कञ्चनको संयुक्त आयोजनामा एक दिने महिला सशक्तीकरण कार्यक्रम कंन्चन १ लौसामा रहेको डाफे कटेज एण्ड पाटी प्यालेसमा सम्पन्न भएको छ। कञ्चन जेसिस बर्ष २०१९का संस्थापक अध्यक्ष चुरामडी पौडेलको अध्यक्षतामाब भएको उक्त कार्यक्रम कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्द्घाटन गर्नु भएको थियो ।उहाँले उक्त कार्यक्रममा बोल्दै महिला अरुको भर नपर्ने आफैमा सबल भए घर परिवार देखि लिएर आफैं पनि सशक्त हुने र महिला बिचको असमझदारी हटाए महिला सशक्त हुने कुरामा जोड दिनु भयो। कंन्चन गाउँपालिका तथा न्यायिक समिति सदस्य रेणु कुवरले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम ल्याएको र अझै पनि थप कार्यक्रम ल्याउने प्रतिबद्धता दिनु भयो। नेपाल जिसिस बर्ष २०१९का राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा १४५जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो। त्यसै गरि साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार ओम प्रकाश शर्मा प्रशिक्षार्थी तर्फ रुमा खड्का ,कुस्मा देवि पुन,दिलमाया भट्टराईले आफुले एक दिनमा सिकेको अनुभव सुनाएको उक्त कार्यक्रममा उद्घघाटन सत्र र समापन सत्रमा क्रमशः अध्यक्ष चुरामडी पौडेल कृषि सहकारी संस्थाकी अध्यक्ष कोपिला घिमिरेलेको अध्यक्षता रहेको उक्त कार्यक्रम जिसिसका महासचिव राजन पौडेलले संचालन गर्नु भएको थियोे भने जेसिसकी कार्यकारी उपाध्यक्ष राधिका चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट