राम प्रघट कोरी
असार १४ विजयनगर ( कपिलवस्तु )
आज विजयनगर गाउँपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयंमसेविका तथा आमा समुहका अगुवाहरुलाई पूर्ण सरसफाई सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । पूर्ण सरसफाईको कार्यमा कसरी आफ्नो जिम्मेवारी निभाई अरुलाई सरसफाई गर्न लगाउन सहयोग गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण दिईएको हो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला स्वास्थ्य स्वयंमसेविका तथा आमा समुहका अगुवाहरुले पूर्ण सरसफाई कार्यक्रममा आ–आफ्नो ठाउँबाट महत्वपूर्ण सहयोग र जिम्मेवारी पुरा गर्ने विश्वास लिनु भएको छ । यसको साथै समुदायमा चेतनाको विकास पनि हुँदै जाने थापाले कुरामा जोड दिनु भएको छ ।
कार्यक्रममा आफ्नो कुरा राख्दै गाउँकार्यपालिका सदस्य शकुन्तला भण्डारीले सरसफाईको कमीबाट लाग्ने रोगको बारेमा चेतनाको विकास हुने बताउनु भएको छ । सबैमा सरसफाईको बानी हुनुको साथै स्वच्छ, सफासुग्घर घर, गाउँको वातावरण हुने बताउनु भएको छ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख अतिथ्यता,वडा सदस्य सुर्य बहादुर विश्वकर्मको अतिथ्या,स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी,स्वास्थ्य चौकीको विरेन्द्र चौधरीको प्रशिक्षण र गाउँकार्यपालिका सदस्य शकुन्तला भण्डारी अध्यक्षता तथा वास संयोजक अर्जुन बेल्बासेको सञ्चालनमा सम्पन्न भएको हो ।
3