१३ बैशाख २०८१, बिहीबार

विजयनगरमा बृहत बृक्षरोपण कार्य सुरु


राम प्रघट कोरी

असार १४ विजयनगर ( कपिलवस्तु )
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको गौतमबुद्ध साझेदारी बन कार्यालयको परिसरमा बृक्षरोपण दिवस २०७६ को अवसरमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन बन कार्यालय कपिलवस्तुको आयोजनामा वडा नंं. ६ को उज्ज्वलपुरमा बृक्षरोपण कार्य गरी सुरु गरिएको छ । कार्यक्रममा उपस्थित भएका सम्पूर्णले विरुवा रोपी बृक्षरोपण दिवस मनाउँदै बृक्ष रोप्ने कार्यलाई अगाडी सारिएको छ ।
डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीले बोट विरुवाले प्राणीहरुको अस्तित्वलाई बचाउँँछ,यसको विना कुनै प्राणी बाँच्न सक्दैन, बन जङ्गलको महत्व बुझौँ र संरक्षण गरौँ भन्दै आफ्नो आधारभूत आवश्याता पुरा गर्न बन जङ्गलका बोट विरुवा चोरी निकासी गर्नेलाई रोक्न र विशेष ध्यान पु¥याउन सम्पूर्णलाई अनुरोध गर्नु भएको छ ।
यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बन जङ्गल संरक्षणको महत्वको बारेमा जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ । साथै सम्बन्धी सबै निकायहरुले निगरानी गर्नुेपर्ने कुरामा जोड दिनु भएको छ ।
साझेदारी बन व्यवस्थापनका अध्यक्ष जानकी प्रसाद यादवले अहोरात्र खटेर भए पनि आफ्नो पुर्ण जिम्मेवमरी र कर्तव्यको साथै बन संरक्षणमा कुनै कसर नराख्ने बताउनु भएको छ । गैर कानूनी र आवैध रुपमा काठ, दाउरा, बोट विरुवा चोरी निकासी गर्नेलाई आवश्यक कार्वाही गर्ने यादवले बताउनु भयो ।
उक्त अवसरमा डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीको प्रमुख अतिथ्यता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको विशिष्ट अतिथ्या र गौतम बुद्ध साझेदारी बन व्यवस्थापनका संयोजक जानकी प्रसाद यादवको अध्यक्षता र सहायक बन अधिकृत लालबाबु झाँको स्वागत मन्तव्यमा एवम् प्रहरी,बन कर्मचारी, समाजसेवी,बुद्धिजीवी, पत्रकार लगायत स्थानीयहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट