विजयनगर / कपिलवस्तु ।
विजयनगर गाउँपालिकाको वडा नं. १ दुधाधारी मावि गुगौलीमा स्पोन्सरसीप अपरेशन कार्यक्रम समापन सन्दर्भमा आयोजित “ बाल विवाह न्युनिकरणमा गैर सरकारी संस्थाको भुमिका ” विषयकमा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतिस्प्रधि विद्यार्थीहरुले गैरसरकारी संस्थाले एउटा निश्चित समय र क्षेत्रमा गरेको छिटो छरितो रुपमा विभिन्न जनचेतनामुलक र उपलब्धीमुलक कार्यप्रति प्रशंसा गरेका थिए । बाल विवाह न्युनिकरण गैर सरकारी संस्थाको अहम भुमिका रहेको बताएका छन् । छोटो समयमै नै हाम्रो समाजमा विद्यामान रहेको बाल विवाह प्रथालाई प्रत्यक्ष प्रभाव पारी बाल विवाह कम गर्न निकै परिवर्तन ल्याएको कुरामा तर्क गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीले अरु गैर सरकारी संस्थाको तुलनामा कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेलले अतुलनीय परिवर्तन र विकासमा महत्वपुर्ण भुमिकाको निर्वाह गर्न सफल भएको दावी समेत गर्नुभयो ।
“बाल विवाह न्युनिकरणमा गैर सरकारी संस्थाको भुमिका” विषयकमा वकतृत्वकला प्रतियोगितामा कक्षा १० की उमा सुनारले आफ्नो उत्कृष्ट तर्क राखी प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यस्तै कक्षा १० का हुकुम बहादुर सुनार द्धितीय स्थान,कक्षा १० की आशा विश्वकर्मा तृतिय स्थान ल्याउन सफल भएका छन् भने चौथौ सान्त्वना स्थानमा कक्षा ९ की सावित्री विश्वकर्मा आएकी हुन् ।
कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार , सम्मान पत्र र विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो भने संस्था र कर्मचारीलाई विद्यालयले पनि सम्मान पत्र र मायाको चिनो प्रदान गरेको थियो ।
सेभ द चिल्डे«नका क्षेत्रिय कार्यालय बुटवल वरिष्ठ परियोजना संयोजक ईश्वरी खत्रीले कालिका स्वावलम्बन सामाजिक केन्द्रले १० वर्षसम्म काम गरेको स्पोन्सरसीपमा र अहिले कार्यक्रम समापन भएको जनाकारी समेत दिनु भएको छ ।
कार्यक्रम दुधाधारी माविको आयोजना, कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्डे«नका सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा सेभ द चिल्डे«नका क्षेत्रिय कार्यालय बुटवल वरिष्ठ परियोजना संयोजक ईश्वरी खत्रीको प्रमुख अतिथ्यता, सेभ द चिल्डे«न काठमाण्डौका पूmल प्रसाद जोसी, वरिष्ठ कार्यक्रम अधिकृत अर्जुन थापा, प्रधानाध्यपक सुग्रीव कोरीको अतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता र शिक्षक शान्त बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
3