१३ बैशाख २०८१, बिहीबार

भिल्मीमा वार्ड स्तरीय बाल क्लब गठन

एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


कमलेश चन्द्र गुप्ता
भिल्मी / आसार १४
कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ६ भिल्मीमा बाल क्लब गठन तथा एक दिने अभिमुखीकरण तालिम संपन्न भएको छ। बिगत कही बर्ष देखी बाल क्लब बिहीन रहेको वार्ड न.६ तथा साबिक भिल्मी गा. बि. सा मा आज वार्ड स्तरीय बाल क्लब गठन भएको छ। आज वार्ड सदस्य मकबूल अहमदको अध्क्षयतामा ११सदस्यीय वार्ड स्तरीय बाल क्लब वार्ड कार्यलय भिल्मीमा गठन भएको हो। बालबालिकाको बाल सरंक्षण तथा बाल जन हितको लागि जन एकता बाल क्लब गठन भएको हो।

बाल क्लबमा कमलेश चन्द्र गुप्ता (तेली)अध्क्षय, साधना विश्वकर्मा उपाध्यक्ष, सरोज यादव सचिव र रानू मिश्रा कोषाध्यक्ष पदमा चयन भएका छन भने सदस्य पदमा लवली विश्वकर्मा, रमेश यादव,धीरेन्द्र तेली,विजयपाल यादव , शिवमती गिरी, शाधुरी तेली ,अब्दुल जब्बर गरी जम्मा ११सदस्यीय चयन भएका छन।

बाल क्लब गठनका साथै बाल सरंक्षण, लैंगिक हिंसा तथा बाल बालबालिका माथि हुने यौन जन्य दुर्व्यवहार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कृष्णनगर नगरपालिकाको आयोजनामा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको हो। तालिममा प्रशिक्षर्थीहरुलाई बाल सरंक्षण, लैंगिक हिंसा तथा बालबालिका माथि हुने यौन जन्य दुर्व्यवहार लगायतका बिषयबस्तुका बारेमा प्रशिक्षका थुमादेबी उपाध्यायले प्रशिक्षण दिएका थिन। तालिममा ३० जना सहभगी रहेको कुरा सहयोगीकर्ता सुषमा विश्वकर्माले जानकारी दिनु भेयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट