६ जेष्ठ २०८१, आईतवार

यसै महिनाभित्र खुला दिसामुक्त नगर घाेषणा गर्नेछु: नगरप्रमुख शाह


कृष्णनगर ,आसार १४ । देशव्यापी अभियानलाई निरन्तरता दिन कृष्णनगर नगरपालिकालाई पनि असार महिनाभित्रै खुला दिशा दिसामुक्त नगर घोषणा गरि छाड्ने नगरप्रमुख रजत प्रताप शाहले प्रतिवद्धता गरेका छन ।
खुला दिशा मुक्त घाेषणा गर्ने राष्ट्रव्यापी अभियानलाई सफल बनाउन कृष्णनगर नगरपालिकाका १२ वटा वडामध्ये दुई वडा ३ र १० लाई नगरप्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा घाेषणा गरिएकाे छ । असार मसान्तभित्रै सम्पुर्ण वडालाई खुला दिशा मुक्त घाेषणा गरिने नगरप्रमुख शाहले प्रतिवद्धता गर्नुभएकाे छ । वडा अध्यक्षद्वय सागीर खां र माेविन खांले क्रमशः वडा ३ र १० लाई खुला दिशा मुक्त घाेषणा गरिएकाे एमवाससिसिका अफिसर राजेश चाैधरीले जानकारी गरिएकाे छ ।
संचारकर्मी सनीउल्ला धोबी संचालनमा सुरु भएको कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाइजर पृथीपाल तेली, अाकाश श्रीवास्तव, विभिन्न वडाका अध्यक्ष तथा संचारकर्मी , मदरसाका माैलना तथा सर्वसाधारणको उपस्तिथि थियो।जानकारी गराउनु भएको छ ।अहिले सम्म कृष्णनगर नगरपालिकाका कुल ८ वटा वडा खुला दिशा मुक्त घाेषणा भईसकेकाे छ ।

धेरै कमेन्ट गरिएका